बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नवआदर्शसँग हिमश्री फुड्सको सहकार्य

नवआदर्शसँग हिमश्री फुड्सको सहकार्य


  • ढोरपाटन संवाददाता
  • साउन २७ २०८२, मंगलबार

पोखरा/नवआदर्श सामुदायिक विकास समाज भन्नेबित्तिकै पोखरामा सामाजिक क्षेत्रमा क्रियाशील संस्था भन्ने सहज चिनारी छ । सोही संस्थाको नियमित कार्यक्रम लामाचौर तीज महोत्सवलाई हिमश्री फुड्सले पनि साथ दिने भएको छ ।

महोत्सवको मुख्य इभेन्ट खुला पुरुष भलिबल प्रतियोगिताको टाइटल स्पोन्सर सम्बन्धमा नवआदर्श र हिमश्री फुड्सबीच सम्झौता भएको हो । सम्झौतापत्रमा आयोजक तर्फबाट अध्यक्ष दीनेश भण्डारी र हिमश्री तर्फबाट महाप्रबन्धक शिव गिरीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

हिमश्री फुड्सकै मुख्य प्रायोजनमा पोखरामा २४ वर्षदेखि आहारारा पोखरा गोल्डकप चलिरहेको छ । रारा चाउचाउ हिमश्रीको मुख्य उत्पादन हो ।

नवआदर्शले आगामी भदौ ८ देखि १० गतेसम्म २९ औं वार्षिकोत्सव समारोह एवं २७ औं लामाचौर तीज महोत्सव गर्दैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->