पोखरा/पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा पहिलो पटक सामूहिक लाखे नाच प्रदर्शन गरिएको छ । रातोपैह्रा लाखे खलः द्धारा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न स्थानका ६ वटा लाखे नाच प्रदर्शन गरिएको थियो ।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको पर्खाल वाहिरको खाली जग्गामा स्थानीय पहलमा निर्माण गरिएको चौतारामा प्रदर्शन गरिएको लाखे नाच हेर्नका लागि विभिन्न स्थानबाट मानिस ओइरिएका थिए ।





