आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ–काठमाण्डौ नयाँ बस सेवा

बागलुङ–काठमाण्डौ नयाँ बस सेवा


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०८२, बिहिबार

बागलुङ/धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि.ले बागलुङदेखि काठमाण्डौंका लागि नयाँ बस सेवा सुरु गरेको छ । रात्री सेवाअन्तर्गत कम्पनीले बुधबारदेखि भारतमा हालसालै बनेको अत्याधुनिक बस सञ्चालनमा ल्याएको हो ।

कम्पनीले नेपाल सरकारले ४० सीट राख्न अनुमति दिएको बसमा २८ सीट मात्रै जडान गरेर सञ्चालनमा ल्याएको छ । बायाँतर्फ दुई र दायाँतर्फ एक सीट मात्रै रहेको बातानुकुलीत बसलाई लैंगिकमैत्री बस सेवाका रुपमा सञ्चालनमा ल्याईएको प्रा.लि.का अध्यक्ष उमेश केसीले बताए । एक सिटमा अलगै बस्न खोज्ने महिला तथा बालबालिकाका लागि सीट सुरक्षित गरेर सेवा सञ्चालनमा ल्याईएको उनले बताए । यसअघि पनि कम्पनीले बातानुकुलीत बस सेवा सञ्चालनमा ल्याए पनि दुवैतर्फ दुई÷दुई सीट जडान भएका थिए । नयाँ सञ्चालनमा ल्याईएका बसहरुमा यात्रुका लागि सिट पनि आरामदायी रहेको, अघिपछिका सबै सीट समान रहेको उनले बताए ।

बागलुङदेखि काठमाण्डौंका लागि हरेक दिन समयमा छुट्ने र समयमा पुग्ने बस सेवाको रुपमा नयाँ बस सेवालाई लिईने केसीले बताए । नयाँ बस सेवाको भाडा भने एक हजार सात सय प्रतिव्यक्ति तोकिएको छ । बसमा सवार सबै यात्रुका लागि खाजा र पानीको निशुल्क व्यवस्था गरिने उनले बताए । बस सेवाको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->