आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

उद्यमशिल नागरिकको मेहेनतबाट आयश्रोत बढाऔं : नगरप्रमुख श्रेष्ठ

उद्यमशिल नागरिकको मेहेनतबाट आयश्रोत बढाऔं : नगरप्रमुख श्रेष्ठ


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०८२, बिहिबार

बागलुङ/बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्यमीहरुले सीप र क्षमता बढाएर आत्मनिर्भर बन्न सकेमा देशको आयश्रोत पनि बढ्ने बताएका छन् । उनले उद्यमशिल नागरिकको मेहेनतबाट मात्र आर्थिक क्षेत्र सुदृढीकरण हुने र पालिकाको समग्र आय पनि बढ्ने बताए ।

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत प्रविधि हस्तान्तरण तथा तालिमका सहभागिलाई प्रमाणपत्र बितरण कार्यक्रममा श्रेष्ठले उद्यमीका उत्पादन बजारीकरणमा नगरले साथ दिने बताए । उनले उद्यमीले मौलिक सामाग्री उत्पादन गर्न सकेमा नगरपालिकाले खरिद गरिदिने समेत बताए ।

कार्यक्रममा नगर उपप्रमुख राजु खड्काले उद्यमीलाई प्रोत्साहन गर्न सकेमा नगरको पहिचान बढ्ने बताए । उनले नगरभित्र उत्पादन हुने हरेक सामाग्रीलाई एकीकृत गरेर बजारीकरणमा साथ दिने पनि बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलको अध्यक्षता र उद्यम विकास सहजकर्ता रामदेवी पुर्जामगरको संचालनमा सम्पन्न कार्यक्रममा बाँसका सामाग्री बनाउने, उनी कपडा, दुना टपरी बनाउने तथा अचार बनाउने उद्यमीलाई प्रमाणपत्र दिइएको थियो ।

उद्यम गर्न चाहेका उद्यमीलाई प्रविधि पनि हस्तान्तरण गरिएको थियो । आरनमार्फत सामाग्री उत्पादन गर्नेलाई आरनका उपकरण दिइएको हो भने अन्य उद्यम गर्न चाहनेलाई पनि सोही क्षेत्रमा आवस्यक पर्ने सामाग्री दिइएको थियो । विभिन्न सीप विकास तालिममा सहभागि ५० जना उद्यमीहरु कार्यक्रममा सहभागि थिए । उनीहरुले पनि सीपबाट सानो उद्यम शुरु गरेको र थप सीपमूलक तालिम लिएर बजारमा सहजै बिक्री गर्ने सामान उत्पादन गर्न चाहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->