पोखरा/महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को अध्यक्षमा ममता न्यौपाने चुनिएकी छन् । बिहीबार सम्पन्न मञ्चको सातौं साधारण सभा तथा चौथो अधिवेशनले न्यौपानेको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा लक्ष्मी लामिछाने, महासचिवमा भावना रानाभाट, सचिवमा शारदा भुजेल, कोषाध्यक्षमा रिता रेग्मी पौडेल ‘मुना’, सहकोषाध्यक्षमा मिठु लामिछाने चयन भए ।
सदस्यहरुमा सुशीला भण्डारी, सरिता शर्मा, लक्ष्मी तिमिल्सिना, कान्ति अधिकारी, चन्द्रा पौडेल पहारी, सुनीता सुबेदी, चन्द्रा जिसी, मायादेवी लामिछाने, रेनु लामिछाने, शर्मिला थापा र मिरा पौडेल चयन भए ।
यसअघि पोखराका मेयर धनराज आचार्यले अधिवेशनको उद्घाटन गरेका थिए । पत्रकार गोविन्द सुवेदीलाई पत्रकारिताको माध्यमबाट पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गरिएको थियो ।





