शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रुपाको समृद्धि : टिमुर, अदुवा र हलेदो खेती

रुपाको समृद्धि : टिमुर, अदुवा र हलेदो खेती

हाल रुपामा ४ हजार २ सय ९० वटा गोलासहितका मौरी घार रहेका छन् भने ३० हजार ३० केजीभन्दा बढी वार्षिक मह उत्पादन भइरहेको गाउँपालिकाका कृषि शाखा प्रमुख प्रकाश धानुकले बताए ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०८२, सोमबार

कास्कीको रुपा गाउँपालिका–५ देउराली फेदीककी कविता बसौंलाकोमा ७० घार मौरी छन् । मह र मौरी बेच्छिन् । यसैको आम्दानीले छोराछोरी पढाइन् । छोरीको विहेबारी अम्काइन् । छोराले भर्खर १२ कक्षा उत्तीर्ण गरे । उनले भनिन्, ‘केही रकम लगानी गरेर विदेश गएर कमाएको भन्दा मेरे कमाई कम छैन् ।’

रुपाले कृषि तथा पशुपालनमार्फत गाउँपालिका समृद्ध बनाउने सोंच राखेको छ । कृषकहरुको आयआर्जनमा वृद्धि गर्ने नीति उसको छ । त्यसैले गुणस्तरीय कृषि उत्पादन, उचित प्रशोधन, भण्डारण तथा बजारीकरण, कृषिमा आधुनिकीकरण, व्यवसायिकरण, यान्त्रिकीकरण, विविधिकरण एवं विशिष्टीकरण गरी प्रांगरिक खेतीलाई प्राथमिकता दिदै आएको छ । दुध, मासु, तथा तरकारीमा आत्मनिर्भर बनाउने योजना साथ अघि बढेको छ ।

रुपा गाउँपालिकालेसाथै विशेष गरी गत आर्थिक वर्षलाई मह वर्षको रूपमा मनायो । कृषकहरूले उत्पादन गरेका तरकारी तथा फलफूलको बजारीकरणका लागि ३ कृषि उपज संकलन केन्द्र स्थापना गरेको छ । तरकारी तथा फलफुलमा प्रतिकेजी ३ रुपैयाँका दरले अनुदान दिएको छ । फलफूल तथा तरकारीको बेर्ना गाउँपालिकामै उत्पादन गरी किसानलाई उपलब्ध गराउन गाउँपालिकास्तरीय तरकारी तथा फलफूल नर्सरी स्थापना गरेको छ । नर्सरीबाट वार्षिक मौसम अनुसार १ लाख बढी तरकारी र ५ हजार भन्दा बढी फलफूलका विजु तथा कलमी बेर्ना उत्पादन हुन्छ ।

यसैगरी किसानलाई मसलाजन्य बालीतर्फ आकर्षण गर्न तथा अदुवा खेतीको संभावना परीक्षण गर्न २४१ कृषकहरुलाई ४ हजार के.जी अदुवाको बीउ वितरण गरेको र त्यसको नतीजा राम्रो रहेको गाउँपालिकाले जनाएको छ । .

रुपा–४ र ५ वडामा मौरी पकेट सञ्चालन गरेको छ । ती पकेटमा ७ सय घार रहेका र वार्षिक ७ हजार केजी मह उत्पादन हुन्छ । पालिकाले एक घर, एक घारको नीति अघि सार्दै आएको छ । १० घार भन्दाबढी मौरी भएका कृषकहरुलाई मौरी गोला संख्या विस्तारको लागि आबस्यक सामग्री तथा उपकरण खरिदमा अनुदान दिन्छ । मौरीको चरन क्षेत्र विस्तारका लागि तोरी खेती, चिउरी र कल्कीका विरुवा वितरण गरेको छ । हाल रुपामा ४ हजार २ सय ९० वटा गोलासहितका मौरी घार रहेका छन् भने ३० हजार ३० केजीभन्दा बढी वार्षिक मह उत्पादन भइरहेको गाउँपालिकाका कृषि शाखा प्रमुख प्रकाश धानुकले बताए ।

गाउँपालिकाले सातै वडाका व्यवसायिक कृषकहरूलाई भेग तथा टोल मिलाएर ३७ वटा हाते ट्याक्टर अनुदानमा उपलब्ध गराइसकेको छ । फलफुलका बेर्ना उपलब्ध गराउँदै आएको पालिकाले गत आव मा १६ जना व्यवसायिक तथा अगुवा कृषकहरुलाई उत्कृष्ट कृषक सम्मान पुरस्कारले सम्मान गरेको थियो ।

रैथाने बाली वस्तुहरूको संरक्षण र प्रवद्र्धनात्मक कार्यक्रम, सामुदायिक कृषि जैविक विविधता प्रदर्शनी, रैथाने बाली उत्पादन प्रदर्शन कार्यक्रममार्फत कृषकहरुलाई अनुदान सहयोग समेत गर्दै आएको छ । रुपाको पहिचान, सबै क्षेत्रमा समृद्धिको अभियान भन्ने सोंचका साथ अघि बढिएको र कृषिलाई पहिलो प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए ।

रुपाका किसानहरु बाँदर आतंकबाट पीडित छन् । उपाय निस्क्यो । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा बाँदरले नखाने अदुवा, टिमुर, हलेदो जस्ता मसलेदार बाली लगाउने नीति अगाडि सारियो । पालिका अध्यक्ष ओझाका अनुसार यो वर्ष करिब ४ हजार रोपनीमा मसलाजन्य बाली बिस्तार गरिने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->