बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

रणस्मृति पुरस्कार साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई

रणस्मृति पुरस्कार साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई

चालिसको दशकदेखि नेपाली साहित्यमा निरन्तर लागिरहेकी सरुको थुङ्गाथुङ्गा जिन्दगानी (गीत संग्रह), ‘एक झुल्को घाम ओर्लेर सडकमा’ (कविता संग्रह), फूलहरूको आँधी (कविता संग्रह), किट्टी (बालकथा संग्रह) प्रकाशित छन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ३ २०८२, मंगलबार

बागलुङ/रणस्मृति पुरस्कार संस्थाले आफ्नो ३३ औं वार्षिकोत्सवको अवसरमा साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई शक्ति पुरस्कार २०८२ अर्पण गरेको छ । सरुलाई दश हजार रूपैयाँ नगदसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो ।

मध्यनेपाल नगरपालिका–३ सोतीपसल, लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाएर चालिसको दशकदेखि नेपाली साहित्यमा निरन्तर लागिरहेकी सरुको थुङ्गाथुङ्गा जिन्दगानी (गीत संग्रह), ‘एक झुल्को घाम ओर्लेर सडकमा’ (कविता संग्रह), फूलहरूको आँधी (कविता संग्रह), किट्टी (बालकथा संग्रह) प्रकाशित छन् ।

कार्यक्रमको उद्घाटन गर्दै साहित्यकार काजी रोशनले नेपाली काव्य क्षेत्रमा कवि सरस्वती श्रेष्ठ सरुको उल्लेख्य योगदान रहेकाले उनको साहित्यिक सिर्जना र प्रतिभाको उच्च मूल्यांकन गर्दै पुरस्कृत गरिएको बताए । नवराज गौतमले सञ्चालन गरेको कार्यक्रममा कमल बोहोरा, सीता नेपाली र नवीन शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->