आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ कालीकाको साउनमा ६८ लाख कमाइ

बागलुङ कालीकाको साउनमा ६८ लाख कमाइ


  • ढोरपाटन संवाददाता
  • भाद्र ४ २०८२, बुधबार

बागलुङ/बागलुङ भगवती व्यवस्थापन गुठीले साउन महिनामा कालीका मन्दिरको आयव्याय सार्वजनिक गरेको छ । हरेक महिना आयव्याय सार्वजनिक गर्दै आएको गुठीले नियमित रुपमा साउन महिनाको हिसाबकिताब सार्वजनिक गरेको हो ।

गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार साउन महिनामा गुठीमा ६८ लाख ३१ ह्जार १ सय ७० रुपैंया आम्दानी गरेको उल्लेख छ । खर्च तर्फ १५ लाख २३ हजार १ सय रुपैयाँ छ ।

बिशेषगरी सटर भाडा लगाएर गुठीले कमाइ गर्दै आएको छ । साउनमा बोल कबोलबाट सटर भाडा लगाइएकोले धरौटी र बोलकबोल रमक समेतले साउनमा सटर भाडाको कमाइ ५९ लाख १ हजार ६ सय ४० रुपैयाँ आम्दानी भएको छ । भेटीबाट ६ लाख ८८ हजार कमाइ भएको हो । साउन महिनामा अन्य पुजा र विवाह नहुने भएकोले खासै आय छैन । खर्च तर्फ ४ लाख ९ हजार तलब पुर्वाधार निर्माणमा ९ लाख, ३१ ह्जार, अतिथि सत्कारमा ५१ हजार खर्च भएको छ ।

हरेक दिनको भेटीको दैनिक हिसाब समेत राख्दै आएको गुठीले पछिल्लो समय मन्दिर परिसरमा विभिन्न संरचना पनि बनाइरहेको छ । त्यसकालागि पनि गुठीले नियमित खर्च गरेको छ । बिशेष पुजा हुने महिनामा बोका र कुखुराको टाउको बिक्रीबाट पनि कमाइ गर्छ । त्यस्तै अन्य पुजाको धानचामलको बिक्री पनि गरिन्छ । साउनमा भने बली नचढेको, पुजा समेत नभएकोले कमाइका अन्य श्रोत नदेखिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->