बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

दोर्दीमा ‘एक वडा, एक रात, एक छाक’ कार्यक्रम

दोर्दीमा ‘एक वडा, एक रात, एक छाक’ कार्यक्रम

गाउँ कार्यपालिकाको घुम्ती बैठकहरु राख्ने, सामाजिक संघसंस्थालाई होमस्टे गाउँमा बैठक राख्न तथा घुम्न प्रेरित गर्ने, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका कार्यक्रमहरु सञ्चालन गरिने छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०८२, बिहिबार

लमजुङ/लमजुङको दोर्दी गाउँपालिकाले ‘एक वडा, एक रात, एक छाक’ कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाका गाउँलाई पर्यटकीय गाउँ बनाउने उद्देश्यले गाउँपालिकाले उक्त कार्यक्रम ल्याएको हो ।

नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले चालु आर्थिक वर्षबाट उक्त कार्यक्रमल्याएको हो । कार्यक्रमका लागि गाउँपालिकाले पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत बजेट व्यवस्थापन गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले केही समयअघि वडा नं. ८ को खिन्चोक गाउँबाट ‘एक वडा, एक रात, एक छाक’ कार्यक्रम सुरुवात गरेको छ । गाउँपालिकाले होमस्टे प्रवद्र्धनका लागि अन्तरक्रियासहित खिन्चोकबाट कार्यक्रमको सुरुवात गरेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए ।

उनका अनुसार, होमस्टे सञ्चालन सुरु गरिएका वडाहरुमा चालु आर्थिक वर्षबाट ‘एक वडा, एक रात, एक छाक’ कार्यक्रम लागू हुनेछ । कार्यक्रमअन्तर्गत गाउँ कार्यपालिकाको घुम्ती बैठकहरु राख्ने, सामाजिक संघसंस्थालाई होमस्टे गाउँमा बैठक राख्न तथा घुम्न प्रेरित गर्ने, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका कार्यक्रमहरु सञ्चालन गरिने छ ।

दोर्दीमा वडा नं. २ को सल्लाबोट, ३ को श्रीमञ्ज्याङ लामागाउँ, ६ को ताँजे, ७ को लप्सीबोट दैलुङ, ८ को टापगाउँ र खिन्चोकगाउँ र ९ को माझगाउँ गरी ७ वटा होमस्टेहरु दर्ता गरी सञ्चालनमा ल्याएका छन् । यी गाउँहरुका झण्डै ५० घरमा होमस्टे सञ्चालन गरिएको गाउँपालिका रोजगार संयोजक धर्मराज गुरुङले जानकारी दिए । होमस्टेमा करिब २ सय २५ बढी पर्यटकलाई राख्न सकिने गरी व्यवस्थापन गरिएको छ ।

कार्यक्रमअन्तर्गत होमस्टे सञ्चालन र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया, आवश्यक भौतिक पूर्वाधार, पाहुनाको स्वागत सत्कार, अर्गानिक खानपान, सरसफाइबारे छलफलहरु समेत गरिने छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले होमस्टेलाई व्यवस्थित, आवश्यक पूर्वाधार, सञ्चालन, तालिम, व्यवस्थापनमा मागाउँपालिका तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->