बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शंकरपोखरी–पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान

शंकरपोखरी–पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०८२, शुक्रबार

पोखरा/शंकरपोखरी–पोखरा सम्पर्क समाजले पोखरामा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर समाजले पोखरामा पेशा, व्यवसाय, शिक्षा वा अन्य कारण बसोबास गर्दै आइरहेका र गाउँ जान नमिलेका दिदीबहिनीहरुका लागि शुभकामना आदानप्रदान कार्यक्रम राखेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै फलेवास नगरपालिकाका मेयर गंगाधर तिवारीले समाजले आफ्नो गाउँको विकासका लागि योगदान गर्दै आइरहँदा तीजको समयमा माइत जान नसकेका दिदीबहिनीलाई माइती घरकै झल्को दिने गरि कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरे । उनले नारीहरु शक्ति रहेको र सृष्टिकर्ता समेत भएकाले उनीहरुको सम्मान गर्नुपर्ने सुनाए । यस्तै पालिकाले महिलाको विकासका लागि विभिन्न किसिमका योजनाहरु समेत ल्याइएको बताए ।

नगरपालिकाका उपमेयर शोभा कुमारी क्षेत्रीले सम्पर्क समाजले फलेवासको संवृद्धिका लागि योगदान गर्दै आइरहेको सुनाइन् । अहिले बजार केन्द्रित बसाइ सराइले गाउँको जमिन बाझोँ हुँदै गइरहेको र युवाहरुलाई उद्यमी बनाउनका लागि यस्ता समाजहरुले विज्ञहरुसहित छलफल र बहस चलाउन आवश्यक रहेको समेत सुनाइन् । नारीहरुको पर्वले फेलेवासवासीलाई एक गर्ने गरि आयोजना गरेको कार्यक्रमले एकताको सन्देश दिने उनले सुनाइन् ।

सोही कार्यक्रममा बोल्दै लोकदोहोरी गीतका स्रष्टा पुरुषोत्तम न्यौपानेले अहिले तीज गीतका नाममा विकृति फैलिइरहेको बताए । शंकरपोखरी–पोखरा सम्पर्क समाजले आफ्नो मौलिकतालाई ख्यालमा राख्दै आयोजना गरेको कार्यक्रमले सांस्कृतिक पर्वलाई सम्बोधन गरेको बताए । अहिलेका तीज गीतले बाटो र पाटो फेर्दा मौलिकता र संस्कृति हराउँदै गएको भन्दै चिन्दा व्यक्त गरे ।

समाजका अध्यक्ष नारायणप्रसाद शर्माले समाजको स्थापना जन्मथलोको विकासका लागि पोखरा कर्मथलो बनाएकालाइ एक बनाइ योगदान दिनु रहेको सुनाए ।

कार्यक्रममा महिला उपसमिती संयोजक टुल्का कुमारी शर्माले दर खाने कार्यक्रम आउने जाने र रमाइलो मात्र गर्ने नभइ गाउँप्रतिको माया बढाउने र सम्बन्ध प्रगाढ गर्ने अवसर रहेको सुनाइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->