बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सूर्य दर्शन सहकारीका पूर्व अध्यक्ष बमजन १० लाख धरौटीमा छुटे

सूर्य दर्शन सहकारीका पूर्व अध्यक्ष बमजन १० लाख धरौटीमा छुटे


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०८२, आइतबार

पोखरा/ सहकारी ठगी अभियोगमा फरार रहेका पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजनलाई कास्की जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटी मागको आदेश गरेको छ । अदालतले मागेको धरौटी बुझाएर आइतबारै बमजन धरौटी तारेखमा छुटेको कास्की अदालतका सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए ।

न्यायाधीश शंकरबहादुर राईको इजलाशले बमजनसंग १० लाख रुपैयाँ मागको आदेश दिएको थियो । सहकारी ठगीमा मुद्धा परेपछि बमजन फरार रहेकोमा आइतबार नै जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए । उनले आफु सहकारी ठगीमा संलग्न नरहेको इन्कारी बयान अदालतमा दिएका थिए । बमजन सूर्यदर्शन सहकारी ठगीको मुख्ययोजनाकार गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राइका जेठान हुन् । बमजनले नै राईलाई उक्त सहकारीमा लगेर अध्यक्ष बनाएका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको अभियोगपत्रमा बमजन सहकारीको अध्यक्ष हुँदा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको अभियोग लागेको छ । सहकारीबाट अपचन भएको कुल रकम १ अर्ब ५१ करोड रुपैयाको संयुक्त अभियोग पनि बमजनमाथि छ ।

अदालतमा सहकारी पीडितका तर्फबाट अधिवक्ताहरू युवराज पराजुली, बिबि विष्ट र दीपक शर्मा पौडेलले बहस गरेका थिए भने बामजनका तर्फबाट कानुन व्यवसायी द्रोण दाहाल र निर्मलराज पौडेलले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->