शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

कला साहित्य क्षेत्रका तीन स्रष्टा सम्मानित

कला साहित्य क्षेत्रका तीन स्रष्टा सम्मानित


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०८२, आइतबार

बागलुङ/कला साहित्य क्षेत्रका तीन स्रष्टालाई एउटै मञ्चमा सम्मान गरिएको छ । १ सय ६० औँ मोती जयन्तीको अवसरमा धौलागिरी साहित्य प्रतिष्ठान, सार्थक प्रकाशन, धवलकला मन्दिर, विद्यामन्दिर पुस्तकालय र स्मृति प्रकाशनले संयुक्त रूपमा कार्यक्रम गरी कला÷साहित्य क्षेत्रका तीन स्रष्टालाई सम्मान गरेको हो ।

यसवर्ष धवलकला मन्दिरले बागलुङ बजार निवासी कलाकार सुमनजंग राजभण्डारी र शिव प्रसाद शाक्यलाई ‘धवलकला सम्मान’ प्रदान गरेको छ । यस्तै बागलुङ बजारकै स्रष्टा चन्द्र बहादुर क्षेत्री ‘चन्द्रसूर्य’ लाई ‘स्मृति युवा सम्मान’ प्रदान गरिएको छ । चन्द्रसूर्य लामो समयदेखि साहित्य र शैक्षिक क्षेत्रमा क्रियाशिल छन् भने राजभण्डारी र शाक्य संगीतको क्षेत्रमा क्रियाशिल छन् ।

स्रष्टा राजभण्डारी, शाक्य र क्षेत्रीलाई बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजीरोशनले दोसल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गुरुङले साहित्यले जीवनलाई सार्थक बनाउने गरी सर्जकले कलम चलाउनुपर्नेमा जोड दिँदै समाजलाई सहि दिशातर्फ डोहो¥याउन कला साहित्यले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।

सम्मानित व्यक्तित्वबारे स्मृति प्रकाशनका सदस्य गोविन्द सुवेदीले प्रकाश पारेको कार्यक्रममा सर्जकहरु रामचन्द्र शर्मा ‘उन्मुक्त’, युक्तप्रसाद सुवेदी, गुणराज पौड्याल ‘गुराँस’, चन्द्र बहादुर क्षेत्री ‘चन्द्रसूर्य’, शान्ति ज्ञवाली, गोविन्द सुवेदी, केशव रेग्मी, खेमराज सुवेदी र कोपिला कँडेलले सर्जना वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->