बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अन्नपूर्ण केवलकारमा महिलालाई २५० मै केवलकार चढाउने

अन्नपूर्ण केवलकारमा महिलालाई २५० मै केवलकार चढाउने


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८२, मंगलबार

पोखरा/ नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज पर्वलाई लक्षित गरी पोखराको अन्नपूर्ण केवलकारले बिषेश छुटमा केवलकार चढाउने भएको छ । अन्नपूर्ण केवलकारमा पोखराको सेदिबगर देखि सराङकोटसम्मको केवलकार यात्रा गर्दा आज तिज पर्वको अवसरमा महिलाहरुलाई २ सय ५० रुपैयामा जान आउन पाउनु हुने भएको छ ।

त्यसै गरी गणेश चतुर्थीको पावन अवसरमा भदौं ११ गते बुधबार नेपाली र भारतीय पर्यटक तथा दर्शनार्थीहरुलाई ५० प्रतिशतमा केवलकार चढाउने भएको अन्नपूर्ण केवलकार लिमिटेडका जनरल म्यानेजर दिनेश पौडेलले बताए । सेदीवगरदेखि सराङकोट जाने र आउने यात्रुकोे शुल्कमा बुधबार ५० प्रतिशत छुटमा ३ सय ५० रुपैयाँ नेपाली र भारतिय पर्यटकलाई ५० प्रतिशत छुट गर्दा ५ सय रुपैयामा केवलकारमा चढाइने भएको हो ।

केवलकारबाट पोखरा १८ फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट डाडाँमा पुग्न सकिन्छ । नेपालीहरुको लागि केवलकारमा जाने र आउने शुल्कः ७ सय रुपैयाँ रहेको छ भने भारतीय पर्यटकहरुको हकमा १ हजार शुल्क निर्धारण गरिएको छ । केबलकारमा यात्रा गर्दा हिमाल, फेवाताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

त्यसै गरी सराङकोटमा सराङकोट धाम जहाँ ५१ फिट अग्लो गणेशको मुर्ति दर्शनको लागि हरेक मंगलबार नेपालीलाई २० प्रतिशत छुट, सराङकोट धाममा हरेक सोमबार महाआरती हुने हुँदा साँझ ४ बजे पछि यात्रुहरुको लागि २ सय ५० रुपैयामा केवलकारको यात्रा हुने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->