बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जानुका समूहको २४ बुँदे प्रतिवद्धता यस्ता छन्

जानुका समूहको २४ बुँदे प्रतिवद्धता यस्ता छन्

संघको अधिवेशन भदौ २० र २१ गते हुँदैछ । अधिवेशनमा केन्द्रीत भएर राजेन्द्र ओझा र जानुका पराजुली अधिकारीले प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८२, शुक्रबार

पोखरा/साविक लेखनाथ नगरपालिका,मादी र रुपा गाउपालिक क्षेत्र भित्रका उद्योगी व्यवसायीलाई चुनाव लागेको छ । लेखनाथ उद्योग वाणिज्य संघको २९औ साधारण सभा तथा १५ औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएपछि व्यवसायीलाई चुनावी माहौलले तताएको हो ।

संघको अधिवेशन भदौ २० र २१ गते हुँदैछ । अधिवेशनमा केन्द्रीत भएर राजेन्द्र ओझा र जानुका पराजुली अधिकारीले प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षका प्रत्यासी ओझा लेखनाथ उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन भने अधिकारी महासचिव हुन् । दुबै समूहले मतदाताको घरदैलोमा पुगेर भेटघाटलाई तीव्रता दिइरहेका छन् ।

 

चुनावलाई नै केन्द्रित गरेर जानुका अधिकारी पराजुलीको समूहले बिहीबार पत्रकार सम्मेलनमार्फत्प्रतिवद्धतापत्रसहित आफनो टिमका उम्मेदवार सार्वजनिक गरेकोे छ भने ओझा समूहले अघिल्लो हप्ता नै टीम सार्वजानिक गरेको थियो ।

संघको इतिहासमा अध्यक्ष पदका लागि पहिलोपटक महिलाले उम्मेदवार दिने अवसर पाएकोमा गौरवको कुरा भएको बताउदै जानुकाले आफ्नो टिम घोषणा गरेकी हुन् ।

‘इमान्दारिता, पारदर्शिता र लगनशीलता, व्यावसायिक क्षेत्रमा सक्षम नेतृत्व आजको आवश्यक्ता’ नारासहित आफना २४ बुँदे प्रतिवद्धतासहित मतदाताहरुको घरदैलोमा मत माग्न गइरहेको अध्यक्ष पदका उमेदवार जानुकाले बताइन् ।

आफनो रहरले चुनावी मैदानमा नआई संघमा देखिएका कमजोरीहरुलाई सच्याउन र अग्रजको सन्मानका खातिर बाध्य भएर चुनावी मैदानमा उत्रिन परेको बताउँदै उनले लेखनाथमा संचालन हुने महोत्वलाई स्थानीय व्यवसायीहरुको राय– सुझावका आधारमा परिमार्जन गरिने घोषणा गरिन् ।

आफ्नो टिमले संघमा रुपा, मादी र साविक लेखानाथका सम्पूर्ण व्यवसायीहरुलाई एउटै छातामुनि अटाउने गरी दायरा र वातावरण सिर्जना गर्ने पनि उनको भनाइ थियो । साना तथा स्वरोजगार हुने लघु व्यवसाय र उद्यमशिलताका लागि पालिकाहरुसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिने, स्थानीय उत्पादनलाई जोड दिँदै लेखनाथलाई उत्पादनमूलक क्षेत्रको रुपमा विकास गरी मेड इन नेपालको अवधारणालाई प्राथमिकता दिइने पनि प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।

घोषित टिममा अध्यक्षमा जानुका पराजुली अधिकारी, वरिष्ठ उपाध्यक्षमा गोपीचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्वितीय उपाध्यक्षमा धु्बबाबु भट्टराई आइडी, महासचिवमा भरतराज ओझा, उप महासचिवमा गंगाकुमारी मल्ल र कोषाध्यक्षमा हरि बस्ताकोटी रहेका छन् ।

यस्तै, खुल्ला सदस्यतर्फ प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, वीरेन्द्रराज भुर्तेल, भविन्द्र पुन भविन, सुजन न्यौपाने र दीपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना र सन्दीप बुढाथोकी रहेका छन् । एसोसिएट सदस्यमा दयाराज राजभण्डारी, संस्थागत सदस्यमा वीरभद्र कँडेल, महिला सदस्यमा सर्मिला श्रेष्ठ र गंगा सापकोटा परियार रहेका छन् ।

यता वरिष्ठ उपाध्यक्षबाट अध्यक्ष पदका लागि उमेदवारी दिएका राजेन्द्र ओझाको टिममा उपेन्द्रराज सुवेदी (राजु) वरिष्ठ उपाध्यक्षमा, मेनुका श्रेष्ठ प्रथम उपाध्यक्ष,धिरज श्रेष्ठ द्वितीय उपाध्यक्ष,महासचिवमा जीवन तिवारी,उप महासचिवमा लक्ष्मी ढुगाना(एलपी) र कोषाध्यक्षमा टीकाराम सापकोटा मैदानमा छन् ।

ओझा समूहको तर्फबाट सदस्यमा कृष्णप्रसाद सुवेदी, घनश्याम ढुगाना, किशोर अधिकारी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ र भिमप्रसाद सुवेदी (सन्तोष) छन् भने महिला सदस्यमा लक्ष्मी ठाकुर सुनार र सपना सुवेदी तिवारी छन् ।यस्तै एशोसियट सदस्यमा प्रवेश बञ्जरा र संस्थागत सदस्यमा वीरभद्र कँडेल रहेका छन् । कँडेल दुवै समूहका साझा उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->