बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

होण्डा अपग्रेड महोत्सव हुँदै

होण्डा अपग्रेड महोत्सव हुँदै


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८२, शुक्रबार

पोखरा/पोखराको लागि होण्डाको आधिकारिक बिक्रेता कुँवर ब्रर्दश एण्ड सन्स् प्रालिले यही यही भदौ १५ देखि २० गतेसम्म पोखरा सभागृह हलमा होण्डा अपग्रेड महोत्सव सन्चालन गर्ने भएको छ ।

होण्डाले पहिलोपटक पोखरामाशोरुमभन्दा बाहिर एक्सचेन्ज महोत्सव गर्न लागेको हो । कुँवर एण्ड सन्सलेसर्वसुलभ स्पेयर्स पार्टस तथा गुणस्तरीय सर्भिस एवं पुरानो हुँदा पनि आकर्षक मूल्य पाइने भएको होण्डा लोकप्रिय बनेको जनाएको छ ।

सो अवसरमा होण्डा ब्राण्डमा न्यूनतम ३० हजार मूल्याङ्कन गरी मोटरसाइकल र स्कुटर साँटफेर गरिने छ भने अन्य मोटरसाइकललाई २० हजार न्यूनतम् मूल्य तोकिएको छ । ६ हजार अतिरिक्त मूल्याङ्कनसहित नयाँ खरिदमा ६ हजार नगद छुट तथा फाइनान्समा शून्य प्रतिशत ब्याज लिइने पनि कम्पनीको भनाइ छ ।

होण्डा महोत्सवमा होण्डा ग्राहकहरुको लागि फ्रि चेक उप क्याप को व्यवस्था पनि रहेको छ । साथै मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टर को सहकार्यमा सामान्य स्वास्थ्य चेक जाँच पनि गरिने कुँवर एण्ड सन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->