बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

संस्थागत सदस्यमा कँडेल एकल उमेदवार, उपमहासचिवमा तीन जना

संस्थागत सदस्यमा कँडेल एकल उमेदवार, उपमहासचिवमा तीन जना

ब्यवसायिक संस्थामा राजनिती गर्न हुन्न भने पनि भित्रभित्र राजनिती आस्था कै आधारमा उमेदवारी दर्ता गराईएको छ । ओझाको समुहलाई नेकपा एमाले, केही कांग्रेस निकट, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले साथ दिएका छ भने जानुकाको समुहलाई कांग्रेस र नेकपा माओवादीको साथ छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १४ २०८२, शनिबार

लेखनाथ/लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शुक्रवार उमेदवारी दर्ताको प्रकृया अगाडि बढेको छ । संघको भदौ २० र २१ गते हुने १९ औं साधारण सभा तथा १५ औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्नका लागि विभिन्न पदका ३८ जनाको उम्मेवारी परेको छ ।

संघको नयाँ नेतृत्वकोलागि दुई समुहले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गराएका छन् । बर्तमान वरिष्ठ उपाध्यक्ष रहेका राजेन्द्र ओझा र वर्तमान महासचिव जानुका पराजुली अधिकारीले निर्वाचन हुने १९ पदकालागि आ–आफ्नो टिमबाट उमेदवारी दर्ता गराएका छन् ।

ब्यवसायिक संस्थामा राजनिती गर्न हुन्न भने पनि भित्रभित्र राजनिती आस्था कै आधारमा उमेदवारी दर्ता गराईएको छ । ओझाको समुहलाई नेकपा एमाले, केही कांग्रेस निकट, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले साथ दिएका छ भने जानुकाको समुहलाई कांग्रेस र नेकपा माओवादीको साथ छ । यता कुनै पनि टिममा नरहेका दुई कार्यकाल संघको कार्यसमिति सदस्य समेत रहेका बुद्धिप्रसाद बास्तोलाले स्वतन्त्र रुपमा उप–महासचिव पदमा उम्मेदवारी दिएका छन् ।

संस्थागत सदस्य पदका उम्मेदवार विरभद्र कंडेल दुवै समुहका साझा उम्मेदवार रहेकाले उनको मात्र एकल उम्मेदवारी परेको छ । निर्वाचन समितिले घोषणा नगरेपनि कंडेल भने निर्विरोध निर्वाचित हुने पक्का भएका छन् । संघलाई राजनितीक गन्दवाट टाडै राख्न दुवै समुहलाई मिलाएर अगाडी वढ्नु नै मेरो उमेदवारी रहेको उनले बताएका छन ।

निर्वाचन कार्यतालिका अनुसार भदौ १५ गते सम्म उमेदवारीको नाम फिर्ता लिने र सोही दिन उमेदवारको अन्तिम नामावली फिर्ता लिने कार्य तालिका रहेको निर्वाचन आयुक्त बरिष्ठ अधिवक्ता खगेन्द्र राज आचार्यले जानकारी दिएका छन् । निर्वाचल मण्डलको सदस्यमा हरी त्रिपाठी र राजेश भटट्राई रहेका छन् ।

संघमा दुई कार्यकाल कार्यसमिति सदस्य पदमा रहेर विभिन्न उपसमितिमा रहेर काम गरेका बुद्धिप्रसाद बास्तोलाले स्वतन्त्र रुपमा उप–महासचिव पदमा उम्मेदवारी दिएका छन् । शिखर इन्टरनेट प्रा.लि.का संचालक समेत रहेका बास्तोलाले व्यवसायिक संस्थामा राजनितीक गुट–उपगुटमा नलागी संघलाई राजनितीक प्रभवबाट पर राखेर अगाडी वढ्नु पर्ने सुझाव राख्दै स्वतन्त्र रुपमा उमेदवारी दिएको बताएका छन् । कामको मूल्याङ्कन र संघमा पु¥याएको योगदानका आधारमा नेतृत्व लिनु पर्ने बताउदै आफू कुनै पनि समूहमा नबसी ब्यवसायिक हकहितका पक्षमा रहेर उच्चतम प्रविधिको प्रयोग गरी संघलाई अगाडी वढाउनका लागि आफुले स्वतन्त्र रुपमा उमेदवारी दिएको बताएका छन् ।

ओझाको टिमको तर्फबाट अध्यक्षमा राजेन्द्र ओझा, वरिष्ठ उपाध्यक्षमा उपेन्द्रराज सुवेदी राजु, प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धीरज कुमार श्रेष्ठ, महासचिवमा जीवन तिवारी, उपमहा–सचिवमा लक्ष्मीप्रसाद ढुङ्गाना (एलपी), कोषाध्यक्षमा टिकाराम सापकोटा, यस्तैगरी खुल्ला सदस्यहरूमा घनश्याम ढुङ्गाना, किशोर अधिकारी, कृष्णप्रसाद सुवेदी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ, भीमप्रसाद सुवेदी (सन्तोष) र महिला सदस्यहरूमा सपना सुवेदी, लक्ष्मी ठाकुर (सुनार) छन् । यस्तैै एशोशिएट सदस्यमा प्रवेश बञ्जरा र संस्थागत सदस्यतर्फ वीरभद्र कँडेल छन् ।

यता जानुकाको टिमबाट अध्यक्षमा जानुका पराजुली अधिकारी, वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्धितीय उपाध्यक्षमा ध्रुबबाबु भट्टराई (आई डि) महा–सचिवमा भरतराज ओझा, उप–महासचिवमा गंगा कुमारी मल्ल, कोषाध्यक्षमा हरि बस्ताकोटी रहेका छन् ।

यस्तै, खुल्ला सदस्यतर्फ प्रतिक्षा रानाभाट, प्रभा कुमारी पौडेल लामिछाने, बीरेन्द्रराज भुर्तेल, भविन्द्र पुन (भविन), सुजन न्यौपाने, दिपक अधिकारी, कृष्ण प्रसाद तिमिल्सिना, र सन्दिप बुढाथोकी रहेका छन् । एशोशिएट सदस्यमा दयाराज भण्डारी, संस्थागत सदस्यमा बिरभद्र कँडेल र महिला सदस्यमा सर्मिला श्रेष्ठ र गंगा सापकोटा परियार रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->