आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पहिरोले कालीगण्डकी करिडोरको बागलुङखण्ड अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोरको बागलुङखण्ड अवरुद्ध

बागलुङ नगरपालिका–१३ कालाखोलामा पहिरो खसेपछि शनिवार बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केशव थापाले जानकारी दिए ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १४ २०८२, शनिबार

बागलुङ / रातभर परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङखण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको करिडोरको बागलुङखण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोलामा पहिरो खसेपछि शनिवार बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिए ।

पहिरोका कारण उक्त खण्डमा यातायात सञ्चालन ठप्प भएको छ । कालाखोलामा यस अघि समेत ठूलो पहिरो खसेको थियो । ठूलो पहिरोका कारण खुलाउन समस्या भइरहेको छ । कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिकाले वर्षा रोकिएपछि सडक खुलाउन प्रयास गर्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->