बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा– ३३ भरतपोखरीमा बाघमारा महोत्सव

पोखरा– ३३ भरतपोखरीमा बाघमारा महोत्सव


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०८२, मंगलबार

पोखरा/ पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बाघमारामा महोत्सव हुने भएको छ । स्थानीय शुभतारा युवा क्लबको आयोजनामा यही भदौ १९ देखि ३० गतेसम्म महोत्सव हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

क्लबका अध्यक्ष देबेन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य पुकार कार्कीले स्वागत गर्दै महोत्सवका वारेमा वताएका थिए । कल्बका सचिव स्वागत भुसालले सञ्चालन गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बाघमारा महोत्सवले त्यस क्षेत्रको कला, संस्कृति र पर्यटनलाई प्रोत्साहन गर्ने,स्थानीय भाषा, गीत, नृत्य, पोशाक, परम्परा र हस्तकला जस्ता सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने, विभिन्न समुदाय र जनजातिहरूलाई एकै मञ्चमा ल्याएर आपसी समझदारी र सहकार्य बढाउँने तथा स्थानीय उत्पादन, हस्तकला, परिकार र पर्यटन गतिविधिलाई बजारसँग जोड्ने अवसर प्रदान गरी आयमा वृद्धि गर्ने अपेक्षा आपूmले गरेको वताए । उनले भरतपोखरीका युवाहरुले संगठित भइ खेलकुद, मनोरञ्जनात्मक गतिबिधि लगायत समग्र शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार वातावरण संरक्षण लगायतका विकास निर्माणका कार्यमा सहजीकरणको भूमिका खेल्न महोत्सव महत्वपूर्ण हुने विश्वास लिएको उल्लेख गरे । महोत्सव सांस्कृतिक, सामाजिक, आर्थिक र शैक्षिक दृष्टिले महत्वपूर्ण बनाउन क्लबलाई सुझाव दिए ।

क्लबका अध्यक्ष देबेन्द्र सापकोटाले सांस्कृतिक संरक्षण, सामाजिक एकता, आर्थिक प्रवद्र्धन, पर्यटन आकर्षण, शिक्षा, चेतनाका लागि महोत्सव गरिन लागेको बताए । महोत्सवमा जम्मा १४५ स्टल रहनेमा ७० बढी बुकिङ्ग भैसकेको उनले जानकारी दिए । विभिन्न बस्तु तथा सेवाका स्टलहरुका साथै महोत्सवमा फेन्सी, गार्मेन्ट, भाँडा, कृषि, बैक बित्तिय, रेष्टुरेण्ट लगायतका स्टलहरु रहने भएका छन् । बालउद्यान, रत्यौली, विद्यालयस्तरीय नृत्य रहने आयोजकले जनाएको छ ।

स्थापना कालदेखि नै विविध सामाजिक कार्यहरू गर्दै आइरहेको क्लबले स्थानीय समाजको विकास, कला, संस्कृति, खेलकुद र युवाहरूको प्रतिभा प्रवद्र्धनमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको छ । महोत्सव सम्पन्न गर्न करीव ४० लाख खर्च लाग्ने अनुमान क्लबको रहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->