बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नाट्टा गण्डकी को वार्षिक साधारण सभा

नाट्टा गण्डकी को वार्षिक साधारण सभा


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०८२, मंगलबार

पोखरा/नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले आफ्नो ३० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

साधारणसभाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । कार्यक्रममा महानगर प्रमुख आचार्यले पोखरा सहित समग्र गण्डकी प्रदेशमा पर्यटन क्षेत्रको समग्र विकासलाई लक्षित गरी पोखरा भ्रमण वर्ष घोषणा गरि विभिन्न कार्यक्रम अघि बढाइएको बताए ।

पोखरा पर्यटन राजधानी घोषणा भएसँगै यसले पर्यटन क्षेत्रको समग्र विकासका लागि विभिन्न लगानीहरू आकर्षित गरिरहेको उनको भनाइ थियो ।

नाट्टा केन्द्रका अध्यक्ष एवम् नेपाल पर्यटन बोर्डका सदस्य कुमारमणि थपलियाले समग्र पर्यटन क्षेत्रको उन्नयनका लागि नाट्टाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पोखरा देशको प्रमुख पर्यटकीय गन्तव्य भएको बताउँदै यहाँको शान्ति सुरक्षालाई प्रभावकारी बनाउने कुरामा प्रशासन निरन्तर लागिरहेको बताइन् ।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दहालले पोखरासहित समग्र दशेको पर्यटन प्रवद्र्धदन र विकासका लागि संस्थाका तर्फबाट निरन्तर साथ दिँदै आएको बताए ।

कार्यक्रममा नाट्टा गण्डकीले सञ्चालन गरेको मनोहरा सिग्देल स्मृति पर्यटन पुरस्कारबाट होलिडे एडभेन्चर टुर्स एण्ड ट्राभल्सका म्यानेजर चिरञ्जिीवी काफ्लेलाई सम्मानित गरिएको थियो । नाट्टा गण्डकी प्रदेशका पूर्वअध्यक्ष सञ्जयकान्त सिग्देलले आफ्नी माता मनोहराको स्मृतिमा स्थापित एक लाख ११ हजार रुपैयाँको अक्षयकोषबाट वर्षेनी नाट्टा गण्डकीका सदस्य कम्पनीमध्ये सबैभन्दा पुराना एक जना कर्मचारीलाई नगद १० हजार रुपैयाँ, सम्मापत्र र दोसल्लाबाट सम्मान गरिदै आइएको छ ।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दहालको सभापत्वि एवम् महासचिव चेतन कार्कीले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक संगीता पौडेलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->