आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गुहेली सञ्चार सहकारीको १९ औं वार्षिक साधारणसभा

गुहेली सञ्चार सहकारीको १९ औं वार्षिक साधारणसभा

सहकारीले गत आर्थिक बर्ष उत्कृष्ट कारोवार गरेको भन्दै रामकुमारी थापा क्षेत्री र दलबहादुर सार्कीलाई सम्मान गरेको थियो । बाल बचतकर्तातर्फ सदिक्षा कार्की सम्मानित भइन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०८२, मंगलबार

बागलुङ/गुहेली सञ्चार सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । चालु वर्ष लागेपछि पहिलो पटक साधारणसभा गर्ने संभवत गुहेली पहिलो सहकारी हो ।

साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सदस्य लिलबहादुर थापामगरले सहकारी प्रतिको विश्वास घटेको बेला गुहेलीले जनताको मन जित्दै गएको बताए । उनले समाजमा हार्दिकता घटेको बेला सहकारीहरुले मिलेर बस्न, कामगर्न र इमान्दारीपुर्वक कारोवार गर्न सिकाएको बताए ।

उनले सहकारी ठग्नेलाई कारवाहीको दायरामा ल्याउन सरकार लाग्नुपर्ने भन्दै नीति निर्माताको रुपमा पनि त्यस्तालाई कारवाही गर्ने नीति ल्याउने बताए । तर सबैलाई एउटै डालोमा हाल्न नमिल्ने भन्दै राम्रो गरेकालाई पुरस्कृत गरेर जनताको घरदैलोमा काम गर्ने वातावरण पनि मिलाइदिनुपर्ने थापाको भनाइ छ ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका पुर्व अध्यक्ष अमर थापा, काठेखोला गाउँपालिका वडा नंं २ का अध्यक्ष बिद्यापति शर्मा, जिल्ला दुग्ध उत्पादनक सहकारी संघका अध्यक्ष दिपक गौतम, सहकारीका सल्लाहकार टिकाराम सापकोटा, चन्द्रमणी उपाध्याय, ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहराले शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभामा सचिव सूर्यबहादुर थापाको प्रगती प्रतिवेदन र कोषाध्यक्ष टिकाराम शर्माको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । सहकारीले गत आर्थिक बर्ष उत्कृष्ट कारोवार गरेको भन्दै रामकुमारी थापा क्षेत्री र दलबहादुर सार्कीलाई सम्मान गरेको थियो । बाल बचतकर्तातर्फ सदिक्षा कार्की सम्मानित भइन् ।

त्यस बाहेक सहकारीमा स्थापित कलगाौरी स्मृति कोषबाट पत्रकार प्रकाश बराललाई पुरस्कृत गरियो । सहकारीका संस्थापक उपाध्यक्ष टिकाराम उपाध्यायले आमाबाबुको स्मृतिमा उक्त कोष स्थापना गरेका थिए । कोषबाट हरेक बर्ष एक÷एक जनालाई पुरस्कृत गर्ने परम्परा छ । सहकारीले जेष्ठ शेयर सदस्य भक्तबहादुर रासाईलीलाई पनि सम्मान गरेको थियो ।

सहकारीमा एकीकरण गरेका अन्य सहकारीका पदाधिकारी पनि सम्मानित भए । गुहेली संचार सहकारी संस्थाका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष गिता हमाल शाहीको स्वागत र सचिव सूर्यबहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सहकारीले गत आर्थिक वर्ष ६ करोड ८८ लाख ४५ हजार रुपैयाँ कारोवार गरेको थियो । सहकारीमा १ करोड २३ लाख शेयर पुजि रहेको छ भने १ करोड ७९ लाख निक्षेप संकलन भएको छ । २०६४ सालमा भीमापोखरामा स्थापित सहकारीले हाल बागलुङ बजारमा पनि सेवा केन्द्र संचालन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->