काठमाडौं / प्रहरीले काठमाडौंको गोंगबुस्थित एक घरमा छापा मारेर ठूलो रकम सहित सुन बरामद गरेको छ । ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले सो घरमा छापा मारेको हो ।
उक्त घरबाट ४ करोड नगद र सुन बरामद भएको प्रहरीले जनाएको छ । सो घरबाट प्रहरीले विनोद श्रेष्ठ नाम गरेका व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





