पोखरा/शुभ अधिकारी ट्राभल्सले यात्रुहरुको सुविधालाई मध्येनजर गरी एसी, सोफा र स्लिपरसहितको एयर सस्पेन्सन बस सञ्चालनमा ल्याएको छ । यी बस पोखरा–काठमाडौं चल्नेछन् ।
बुधबार पोखरा ५ का स्थानीय बयोवृद्धद्वय बिमल तिमिल्सिना र केदारनाथ बरालले संयुक्त रुपमा रिबन काटेर बस सेवाको शुभारम्भ गरे । सो अवसरमा वोल्दै पोखरा ५ का स्थानिय केदारनाथ बरालले शुभ अधिकारी ट्राभल्सले समयको माग अनुसार बसहरु सञ्चालन गर्दै आइरहेको बताए ।
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका कार्यालय प्रमुख ज्ञानेन्द्र थापाले शुभ अधिकारी टूर्स एण्ड ट्राभल्सले ३० वर्ष अगाडिदेखि पोखरा बाग्लुङबाट बस सञ्चालन सुरु गरेको स्मरण गरे ।
कम्पनीका म्यानेजिङ डाइरेक्टर टीकाराम अधिकारीले समयको माग अनुसार यी बस ल्याइएको बताए । ३७ सिट, ४ वटा स्लिपर रहेको र भाडा १२ सय कायम गरिएको छ ।





