बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

एलपी ग्यास विक्रेता संघ कास्कीको वार्षिक साधारण सभा सम्पन्न

एलपी ग्यास विक्रेता संघ कास्कीको वार्षिक साधारण सभा सम्पन्न


  • ढाेरपाटन संवाददाता
  • भाद्र २१ २०८२, शनिबार

पोखरा/ दैनिक उपभोग्य बस्तुको रुपमा रहेको एलपी ग्यासको कारोबार व्यवस्थित हुन नसकेको व्यवसायीहरुले बताएका छन् ।

एलपी ग्यास वित्र्रmेता संघ कास्कीको शनिवार पोखरामा सम्पन्न २१ औँ वार्षिक साधारणसभाका बक्ताहरुले घरायसी प्रयोजनदेखि व्यवसायसम्म र शहरदेखि गाँउसम्म एलपी ग्यासको खपत दैनिक रुपमा घट्दो क्रममा रहेका कारण व्यवसायी समस्यामा रहेको समेत बताए । नेपालमा एलपी ग्यासको कारोबार .२०२८ सालदेखि भएपनि घट्दो जनघनत्व र विद्युतीय उपकरणको कारण प्रयोगमा कमी हुँदै गएको दावी व्यवसायीको छ । कास्कीमा हाल १८ वटा कम्पनीको ग्यास आपूर्ति हुने गरेको एलपी ग्यास विक्रेता संघ कास्कीका सचिव हरिकृष्ण अधिकारीले बताए ।

साधारण सभाको उद्घाटन ग्यास वित्र्रmेता महासंघका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालले गरेका थिए । उनले व्यवसायीहरु आर्थिक रुपमा स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिए । उनले विक्रेता संघहरुमा सदस्यहरुसंग पैसा उठाउने तर त्यसको हिसाव सार्वजनिक नगर्ने अवस्था रहेको बताउँदै आर्थिक रुपमा भष्ट्रीकरण बढेको बताए । ‘हामी राजनीतिक दलका नेताहरुलाई भष्टाचार गरे भनेर गाली गछौँ तर व्यवसायीहरु पनि भ्रष्टिकरण हुदै गएको आभाष भएको छ’, उनले भने । उनले ग्यास विक्रेता व्यवसायीहरु वीचको एकतालाई बलियो बनाउदै सर्वशुलभ रुपमा उपभोक्तासम्म ग्यास पु¥याउनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिवबहादुर कोइरालाले नेपाल सरकारले बनाएको नीति नियममा रहेर ग्यास व्यवसायीले व्यापार गर्नुपर्नेमा जोड दिए । ग्यास डिपो संचालन मापदण्ड अनुसार गर्नुृपर्नेमा जोड दिदै उनले ग्यास कम्पनीले तोकेको अधिकतम मुल्यमा व्यवसाय गर्दा समस्या भएको बताए । उनले अधिकतम मुल्य पसलबाट ग्राहकले आफै लैजाने हो तर घरघरमा पु¥याए वापत थप सेवा शुल्क लगाउने व्यवस्थाका लागि नेपाल सरकार र आयल निगमसंग समन्वय गरेर जानुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उद्योग तर्फबा उपाध्यक्ष बलराम आचार्य, ग्यास विक्रेता महासंघका उपाध्यक्ष नारायणप्रसाद पौडेल, एलपी ग्यास विक्रेता संघका केन्द्रीय कोषाध्यक्ष रविन कार्की, गृहलक्ष्मी ग्यास कम्पनीका प्रवन्धक भीमराज लामिछाने, शक्ति ग्यास कम्पनिका प्रवन्धक मेघराज पौडेल, ग्यास विक्रेता महासंघ कास्कीका संस्थापक अध्यक्ष बालकृष्ण कोइराला, संघ कास्कीका उपाध्यक्ष शिवकुमार श्रेष्ठ, लगायतले बोलेका थिए । साधारणसभाले सचिव हरिकृष्ण अधिकारीको प्रतिवेदन र कोषााध्यक्ष सुरजमान गुरुङको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । साधारण सभा एलपी ग्यास विक्रेता संघ कास्कीका अध्क्ष नारायणदत्त दाहालको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन सुविना दाहालले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->