बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचनमा १८८१ मत खस्यो

लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचनमा १८८१ मत खस्यो

विगतका निर्वाचनहरुमा भन्दा पनि चर्को चुनावी कसरत देखीएको यस पटकको अधिवेशनलाई व्यवसायीहरु एवं राजनितिक दलहरुले निकै चासोका साथ हेरेका छन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०८२, आइतबार

लेखनाथ/लेखनाथ उद्योग वाणिज्य संघको २९ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशन अन्र्तगत शनिबार सम्पन्न मतदानमा १८८१ मत खसेको छ । कुल २०१८ मतदातामध्ये ९३.०३ प्रतिशत मत खसेको हो ।

विहान ७ः०० वजे देखी शुरु भई साँझ ५ बजेसम्म चलेको मतदान कार्यक्रम शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो । दिनभरजसो संघको परिसर व्यवसायीहरु र स्थानिय राजनितिक दलका प्रतिनिधि एवं सरोकारवालाहरुले भरिभराउन बनेको थियो ।

मतगणना कार्यक्रम आईतबार बिहान ७ः०० बजेदेखि शुरु गरिने निर्वाचन आयुक्त खगेन्द्रराज आचार्यले जानकारी दिएका छन् । विगतका निर्वाचनहरुमा भन्दा पनि चर्को चुनावी कसरत देखीएको यस पटकको अधिवेशनलाई व्यवसायीहरु एवं राजनितिक दलहरुले निकै चासोका साथ हेरेका छन् ।

कांग्रेस र माओवादी निकट व्यवसायीले गठबन्धन बनाएर उम्मेदवारहरूको प्यानल बनाएका थिए भने एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मिलेर अर्को गठबन्धनले पनि प्यानल खडा गरेको थियो । दुई वटै प्यानल चुनावमा विजयी हुने दाबी गर्दै मतदाता व्यवसायीमाझ पुगेका थिए ।

संघीय सरकार र प्रदेश सरकारमा गठबन्धन गरेका सत्ता साझेदार कांग्रेस र एमाले लेखनाथ उद्योग वाणिज्य संघमा आमने–सामने भएका हुन् । यी दुबै ठूला दलले प्रतिपक्षमा रहेका माओवादी र रास्वपालाई साथमा लिएका छन् ।

संघको नयाँ नेतृत्वका लागि दुई समूहले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका थिए । वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र वर्तमान महासचिव जानुका पराजुली अधिकारीले निर्वाचन हुने १९ पदका लागि आआफ्नो टिमबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

ओझा टिमबाट वरिष्ठ उपाध्यक्षमा उपेन्द्रराज सुवेदी राजु, प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धिरजकुमार श्रेष्ठ, महासचिवमा जीवन तिवारी, उपमहासचिवमा लक्ष्मीप्रसाद ढुङ्गाना (एलपी), कोषाध्यक्षमा टिकाराम सापकोटाको उम्मेद्वारी परेको थियो ।

यस्तै गरी खुला सदस्यमा घनश्याम ढुङ्गाना, किशोर अधिकारी, कृष्णप्रसाद सुवेदी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ, भीमप्रसाद सुवेदी (सन्तोष) छन् । यस्तै महिला सदस्यमा सपना सुवेदी, लक्ष्मी ठाकुर (सुनार), एसोसिएट सदस्यमा प्रवेश बन्जरा, संस्थागत सदस्यमा वीरभद्र कँडेलले उम्मेद्वारी दिएका थिए ।

अधिकारीका टिमबाट वरिष्ठ उपाध्यक्षमा गोपीचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्वितीय उपाध्यक्षमा ध्रुबबाबु भट्टराई (आईडी) महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गंगाकुमारी मल्ल, कोषाध्यक्षमा हरि बस्ताकोटीले उम्मेद्वारी दिएका थिए ।

यस्तै, खुला सदस्यतर्फ प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, वीरेन्द्रराज भुर्तेल, भवीन्द्र पुन भविन, सुजन न्यौपाने, दीपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना र सन्दिप बुढाथोकीले उम्मेदवारी दिएका थिए ।

यही समूहबाट एसोसिएट सदस्यमा दयाराज भण्डारी, महिला सदस्यमा शर्मिला श्रेष्ठ र गंगा सापकोटा परियारको उम्मेदवारी परेको छ । संस्थागत सदस्य पदका उम्मेद्वार वीरभद्र कंडेल दुवै समुहका साझा उम्मेदवार भएकाले उनि निर्विरोध भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->