बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

लेखनाथ उद्योग वाणिज्य संघमा जानुकाको अग्रता, ९ सय भोट गन्दा जानुकाको ४७१ र राजेन्द्र ओझाको ४०२

लेखनाथ उद्योग वाणिज्य संघमा जानुकाको अग्रता, ९ सय भोट गन्दा जानुकाको ४७१ र राजेन्द्र ओझाको ४०२


  • ढाेरपाटन संवाददाता
  • भाद्र २२ २०८२, आइतबार

पोखरा/  लेखनाथ उद्योग वाणिज्य संघको हिजो भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार अध्यक्षमा जानुका पराजुलीले अग्रता लिएकी छन् । राजेन्द्र ओझाले पछ्याएका छन् । पदाधिकारीहरुमा पनि जानुका समुहका उम्मेदवारकै अग्रता रहेको छ ।

हालसम्म ९ सय मत गणना सकिएको छ । जस अनुसार जानुका पराजुलीले ४७१ मत पाएकी छन् । राजेन्द्र ओझाले भने ४ सय २ मत पाएका छन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा जानुका समुहका गोपीचन्द्र बास्तोलाले ४ सय ६६ उपेन्द्रराज सुवेदीले ४ सय ४, प्रथम उपाध्यक्षमा जानुका समुहकै बिक्रम कर्माचार्यले ५४१ र मेनुका श्रेष्ठले ३३३, द्वितीय उपाध्यक्षमा जानुका समुहबाट उम्मेदवारी दिएका ध्रुवबाबु भट्टराईले ५६३ धिरज श्रेष्ठले ३११ मत ल्याएका छन् । यस्तै महासचिवमा जानुका समुहका भरतराज ओझाले ४४६ र जीवन तिवारीले ४२९, उपमहासचिवममा जानुका समहकी गंगा मल्लले ५१६ र लक्ष्मीप्रसदा ढुंगानाले ३५९ र कोषाध्यक्षमा जानुका समुहकै हरि वस्ताकोटीले ४८९ र टीकाराम सापकोटाले ३७३ मत ल्याएका छन । मतगणना जारी छ । हिजो भएको निर्वाचनमा १८८१ मत खसेको थियो ।

जानुकालाई नेपाली कांग्रेस र माओवादी केन्द्रका मतदाताको सहयोग रहेको छ भने राजेन्द्रलाई एमाले र रास्वपाको साथ छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->