शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पर्वतीय दौडलाई भव्य रूपमा सफल पार्न पर्यटन व्यवसायीले सहयोग गर्ने

पर्वतीय दौडलाई भव्य रूपमा सफल पार्न पर्यटन व्यवसायीले सहयोग गर्ने

फारम भर्ने अन्तिम मिति भदौं २५ सम्म


  • ढाेरपाटन संवाददाता
  • भाद्र २२ २०८२, आइतबार

पोखरा/  विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने दोस्रो पुम्दीभुम्दी पर्वतीय दौड प्रतियोगितालाई सम्पन्न गर्न पर्यटन व्यवसायीहरूले प्रभावकारी ढंगले सहयोग गर्ने भएका छन् ।

पोखरा प्रबद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा यही असोज ४ गते पोखरामा आयोजना हुन लागेको प्रतियोगिताबारे शनिवार पोखरामा आयोजित छलफल कार्यक्रममा पर्यटन व्यवसायीहरूले प्रभावकारी ढंगबाट सहयोग गर्ने वचन दिए ।  प्रतियोगिता संयोजक दीननाथ बरालको अध्यक्षतामा बसेको छलफल कार्यक्रममा व्यवसायीहरूले सरकारले हाल फेसबुकसहितका सामाजिक सञ्जाललाई निष्कृय पारेकाले सञ्चालनमा रहेका भाइभर र टिकटकलाई प्रचार सामाग्रीकारूपमा अघि बढाउन सुझाव दिए ।

कार्यक्रममा बोल्दै बक्सिङका पदकधारी खेलाडी एवं अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्वतीय दौड प्रतियोगिताले पोखरा क्षेत्रको खेल पर्यटनलाई महत्व दिएको हुँदा उक्त प्रतियोगितालाई सफल पार्न निजी क्षेत्रसहित स्थानीय सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘खुला र उमेर समूहसहित छ इभेन्टमा हुने प्रतियोगितालाई सफल पार्नु हाम्रो पनि जिम्मेवारी हो किनकि, विश्व पर्यटनको अवसरमा आयोजना हुने प्रतियोगिताले पोखरा क्षेत्रको खेल पर्यटनसँगै अर्थतन्त्रमासमेत थप टेवा पुग्ने हामीले विश्वास लिएका छौं ।’

पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराईले यस्ता प्रतियोगिता र विभिन्न अभियानहरूलाई सफल पार्न हाल सञ्चालनमा आएका सञ्जालमा जोडिएर आवश्यक प्रचारप्रसार गर्न सुझाव दिए । सरकारले फेसबुकसहित २६ वटा सामाजिक सञ्जाललाई निष्कृय पार्दा पर्यटनसहित धेरै क्षेत्र प्रभावित भएको गुनासो उनको थियो । उनले पोखरा भ्रमण वर्षबाट केही रकम सहयोग गर्ने र व्यक्तिगत १० हजार सहयोग गर्ने घोषणा पनि गरे ।  टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरा नेचर, कल्चर र एडभेन्चरको सहर पोखरामा यस्ता गतिविधि निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । प्रतियोगितामा विदेशी तथा स्वदेशी खेलाडीहरू सहभागी गराउनका लागि कटिबद्ध रहेको बताए । होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले प्रतियोगितामा जति सक्दो धेरै धावकहरू सहभागी गराउन आफूहरू पनि होस्टेमा हैसे गर्ने बताए । उनले भने, ‘विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने यो वर्षको पहिलो कार्यक्रम हो, यसलाई सफल पार्नु तपाईं हामी सबैको जिम्मेवारी हो, तपाईहरूलाई आवश्यक पर्ने रूमसहितका अन्य प्राविधिक कुनै पनि सहयोग गर्न हामी तत्पर छौं ।’

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा क्षेत्रमा हुने साहसिक खेल गतिविधिको विश्व बजारमा व्यापक प्रचारप्रसार गर्न आवश्यक भएको बताए । खेल पर्यटन प्रबद्र्धन गर्न आयोजना हुने उक्त प्रतियोगिताले सिंगो पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धन हुने केन्द्रका उपाध्यक्ष असफल गौतमले बताए । यही भदौं २५ गतेसम्म उक्त प्रतियोगितामा सहभागि हुनेहरूले पोखरा क्लिक डटकममा गएर फारम भर्न सक्ने समय सीमा रहेको संयोजक बरालले जनाए ।  प्रतियोगिता सफल पार्न विश्व शान्ति स्तुपः समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्धपार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, पोखरा लेकसाइडको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्स, हिमश्री फुड्स प्रा.लि.÷केसी ग्रुप, होटल बाराही, सिटिजन्स फर्निचर, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, टान गण्डकी, अटोवेज प्रा.लि., पोखरा महानगरपालिका २२ को वडा युवा परिषद्, पोखरा भ्रमण वर्ष २०२५, परिचय एड्भरटाइजिङ, होटल संघ पोखरा नेपाल, ईजि ग्रुप, अन्नपूर्ण केवलकार लगायतको सहयोग रहेको छ ।

प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेका छन् । प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका २२ को सहकार्य रहेको प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, हस्पिटल पार्टनरमा नमस्ते हस्पिटल, अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन, अफिसियल रेडियोमा रेडियो सफलता जोडिएको छ । आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ ।
प्रतियोगिताको खुलातर्फको प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी लेफ्टिनेन्ट कुसाङ गुरुङले प्रायोजन गर्नुभएको छ भने नेलम्बो नेपालले तेस्रो पुरस्कार प्रायोजन गरेको छ । सहारा क्लबले १६ वर्ष मुनीका खेलाडीहरूको विधामा बिजेताको पुरस्कार १५ हजार सहयोग गर्ने क्लबका अध्यक्ष केशवराज बरालले जनाएका छन । सिटिजन्स फर्निचरले पर्यटक दौडको प्रोत्साहन पुरस्कार प्रायोजन गर्ने सञ्चालक दीपक कार्कीले बचन दिएका छन ।
प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न गर्न करिब १६ लाख ९१ हजार रूपैयाँ खर्च हुने भएको पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->