बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

लेखनाथ उद्योग वाणिज्य संघमा जानुका पराजुली

लेखनाथ उद्योग वाणिज्य संघमा जानुका पराजुली

संघको इतिहासमा पहिलोपटक महिला नेतृत्व, पराजुलीको प्यानलै बहुमतकासाथ विजयी


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०८२, सोमबार

पोखरा / लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा जानुका पराजुली अधिकारी निर्वाचित भएकी छन् । संघको १५ औँ अधिवेशनले पहिलोपटक महिला नेतृत्व चुनेको हो ।

शनिबार सम्पन्न निर्वाचनमा जानुकाले ९९६ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी तथा तत्कालीन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले ८३३ मत पाए । जानुकाले यसअघि महासचिवको जिम्मेवारी सम्हालिसकेकी थिइन ।
अध्यक्षसहित जानुका पराजुलीको प्यानलले सबै पदमा ‘क्लिन स्विप’ गर्दै पूर्ण विजय हासिल गरेको छ ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बाँस्तोला (९६६ मत) प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य (११५० मत), द्वितीय उपाध्यक्षमा ध्रुवबाबु भट्टराई (१२१८ मत), महासचिव भरतराज ओझा (९५५ मत), उपमहासचिवमा गंगा मल्ल (१०६६ मत), कोषाध्यक्षमा हरी बस्ताकोटी (१०२७ मत विजयी भए ।

यस्तै खुला सदस्यतर्फ सुजन न्यौपाने (१०७२), प्रतिक्षा रानाभाट (१०४०), भविन्द्र पुन (१०३६), बिरेन्द्रराज भुर्तेल (९७७), दिपक अधिकारी (९६०) प्रभा पौडेल लामिछाने (९४४), कृष्णप्रसाद तिमिल्सिना (८८३), सन्दिप बुढाथोकी (८८३) निर्वाचित भए । महिला सदस्यमा शर्मिला श्रेष्ठ (११८४), गंगा सापकोटा परियार (९१०), (सपना सुवेदी ९०७ मत पाएर ३ मतको अन्तरले पराजित), एसोसिएट सदस्यमा दयाराज भण्डारी ९२७ मतका साथ विजयी भए भने विरभद्र कंडेल यसअघि नै संस्थागत सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->