बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कर सहयोगीको भरमा मात्र नपर्नुस् : प्रमुख कर अधिकृत ढुंगाना

कर सहयोगीको भरमा मात्र नपर्नुस् : प्रमुख कर अधिकृत ढुंगाना

‘अहिले फेसलेस (मान्छेबिना) को सेवा छ, हिजो कर कार्यालय जाँदा लुगलुग काप्ने, गाडी चढेर गएको छ भने परै छाडेर जाने चलन थियो, अहिले त्यस्तो छैन,’ उनले थपे ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०८२, सोमबार

पोखरा/आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले आफ्नो हिसाब–किताबको जिम्मेवारी कर सहयोगीलाई सुम्पेर ढुक्क नबस्न उद्योगी÷व्यवसायीलाई आग्रह गरेका छन् ।

करोडौं लगानी गर्ने उद्योगी/व्यवसायीहरुले आफूलाई आवश्यक पर्ने करसम्बन्धी जानकारी पढ्नुस्,’ उनले भने, ‘कर सहयोगीलाई आफ्नो कर तिर्ने युजर नेम र पासवर्ड दिएर ढुक्क हुँदा तलमाथि परे मलाई थाहा छैन भनेर उम्कन पाइँदैन । हाम्रो कर प्रणाली भनेको आफैंले कर घोषणा गर्ने हो र तपाईंले गरेको घोषणा सच्याउन गाह्रो हुन्छ ।’ प्रमुख कर अधिकृत ढुंगाना पोखरा उद्योग वाणिज्य संघले आइतबार उनकै सम्मानमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै थिए ।

अधिकांश उद्योगी/व्यवसायीहरुले करसम्बन्धी जानकारी नलिने गरेको उनको भनाइ थियो । आन्तरिक राजश्व कार्यालय कसैको उजुरीको भरमा उद्योगी/व्यवसायीकहाँ अनुसन्धानको लागि भन्दै छापा हान्न नजाने जिकिर गर्दै उनले भने, ‘व्यापारमा प्रतिस्पर्धा हुन्छ, कसैको उजुरीको भरमा हामी कँुदी हाल्दैनौँ, अनुसन्धानपछि मात्र छापा हान्ने हो ।’ उनले अहिलेको कर प्रणालीमा ७५ प्रतिशत काम घरमै बसेर गर्न सकिने पनि बताए । ‘अहिले फेसलेस (मान्छेबिना) को सेवा छ, हिजो कर कार्यालय जाँदा लुगलुग काप्ने, गाडी चढेर गएको छ भने परै छाडेर जाने चलन थियो, अहिले त्यस्तो छैन,’ उनले थपे ।

आफू स्वच्छ काम गर्नका लागि गृह जिल्ला कास्कीको प्रमुख कर अधिकृतको रुपमा आएको बताउँदै उद्योगी÷व्यवसायीहरुलाई सहजीकरण गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको पनि उनको भनाइ थियो ।

कार्यक्रममा प्रमुख कर अधिकृतलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष गोकर्ण कार्कीले उद्योगी÷व्यवसायीहरुलाई कर तिर्न प्रोत्साहित गुर्नु संघको दायित्व भएको बताए ।

‘आन्तरिक राजश्व कार्यालय भनेको हामीले कर तिर्ने पहिलो ढोका हो, रक्तनली हो,हामी कर तिर्ने वातावरण निर्माणको लागि कर शिक्षालगायतका कार्यक्रम आयोजना गर्छौँ,’ उनले भने, ‘कर प्रशासनले उद्योगी÷व्यवसायीलाई सहजीकरण गरिदेओस्, भूलवशः भएका सानातिना कमजोरीमा आँखा नलगाओस् भन्ने हो ।’

पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमको संचालन रहेको सो कार्यक्रममा संघका कोषाध्यक्ष मनोजकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । पोखरा २६, बुढीबजार घर भएका ढुंगाना १७ वर्षे निजामती सेवाको क्रममा गृह जिल्लाकै आन्तरिक राजश्व कार्यालयको कमाण्ड सम्हाल्न आएका हुन् । कर प्रशासनमा प्रायः कुनै पनि व्यक्ति आफ्नै गृह जिल्लामा प्रमुख भएर जाँदैनन् ।

‘कर प्रशासनका व्यक्तिहरु आफ्नो गृह जिल्ला आउन खोज्दैनन् किनकि कहिलेकाहिँ कटु निर्णय पनि गर्नुपर्छ,’ उनले भने, ‘म चाहिँ जोखिम मोलेर नै आएको हुँ,ठूलै कर छली हुँदा जिल्लावासी भएकैले कसैलाई छाड्न मिल्दैन, सहजीकरणमा चाहिँ म तयार छु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->