पोखरा/ यात्रुबाहक बस सञ्चालन गर्ने देशकै ठूलो मध्येको एक पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको अध्यक्षमा ऐनकुमार साई निर्वाचित भएका छन् । प्रालिको शनिवार सम्पन्न सातौं साधारणसभा एवं तेस्रो अधिवेशनले साईलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
साईले प्रतिस्पर्धी विज्ञान श्रेष्ठलाई ८४ मतले हराए । साईले ६०८ मत प्राप्त गर्दा वार श्रेष्ठले ५२४ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित साईलाई माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट यातायात व्यसायीसहितको समर्थन र अध्यक्षमा पराजित श्रेष्ठलाई कांग्रेस र एमाले निकट व्यवसायी लगायतको समर्थन रहेको थियो ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिको सञ्चालक समितिमा हेमन्त मल्ल (८४०), जयप्रसाद शर्मा (७२३), मेघराज त्रिपाठी (७२३), अशोककुमार चौधरी (६८०), कृष्णप्रसाद पौडेल (६५९), जयबहादुर गुरुङ (६२४), बाबुराम दवाडी (६१५), ज्ञानबहादुर केसी (५६६), काँशी शर्मा न्यौपाने (५३६) र लक्ष्मी पौडेल ५३४ मतसहित निर्वाचित भएका छन् ।





