पोखरा/पोखरामा पोखरा अन्तराष्ट्रिय म्यारथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरा र खेल बिषयमा चित्रकला प्रतियोगिता आयोजना भएको छ । सोमबार भएको प्रतियोगितामा पोखरामा रहेका १८ विद्यालयका ४२ जना विद्यार्थीको सहभागिता रहेको संस्थाका सचिव महेश पौडेलले बताए ।
नेपाल भूतपूर्व खेलाडी मञ्चले आफ्नो स्थापनाको रजत बर्ष मनाउने कार्यक्रमअन्तर्गत १२ महिना १२ कार्यक्रमको तालिका अनुसार अन्तर बिद्यालय चित्रकला प्रयोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा सृजना माविका स्कूलका कृस बानियाले प्रथम स्थान प्राप्त गर्न सफल भए त्यस्तै कास्की मोडनाइज स्कूलकी युना आले दोस्रो, सोसल पब्लिकका हुमबहादुर गुरुङले तेस्रो स्थान प्राप्त गर्दा हार्डवड एकेडेमीका तेजस सुनार र सूर्योदय स्कूलका रोमिका श्रेष्ठले सान्तोवना स्थान प्राप्त गरे । उनिहरुले क्रमशः १० हजार, ७ हजार, ५ हजार, र २ हजार रुपैयाँ हात परे ।
प्रातियोगिताको निर्णायकमा बिम्बकवि प्राज्ञ रमेश श्रेष्ठ,सञ्जय गुरुङ र संस्थाका पूर्वअध्क्षय तेजबहादुर गुरुङ रहेका थिए ।
कार्यक्रममा बोल्दै प्राज्ञ रमेश श्रेष्ठले कलामा पनि खेलकुदका रङहरु भर्न मञ्चले आयोजना गरेको कार्यक्रम महत्वपूर्ण भएको भन्दै प्रशंसा गरे । उनले चित्रकला फरक खालको विधा भएको बताउँदै मञ्चले विद्यार्थीको लागि ठूलो अवसर प्रदान गरेको हुँदा यसलाई निरन्तरता उनको आग्रह थियो ।
संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले रजत महोत्वसमा आयोजना भएका कार्यक्रम, आगामी कार्यक्रम र मञ्चले गरेका गतिविधिहरुको बारेमा जानकारी गराए ।
संस्थाका पूर्व अध्यक्ष एब्म मासिक दौडका संयोजक तेजबहादुर गुरुङले अन्तराष्ट्रिय जगतमा पनि ओलम्पिक कार्यक्रमलाई बिस्तार गर्ने सन्र्दभमा खेलकुदसँग संस्कृत, वातावरण, कला जोडिएको जनाए ।
उनले कला क्षेत्रबाट पनि खेलकुदको संस्कृतिलाई प्रोत्साहन र जर्गेना गर्ने उद्देश्य अनुरुप प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे ।
विजेतालाई निणर्यक प्राज्ञ कवि श्रेष्ठ मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट, अध्यक्ष गुरूङ, मासिक दौडका संयोजक तेजबहादुर गुरूङ, मञ्चका निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुलीलगायतले नगद, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
यस्तै संस्थाले गण्डकी प्रदेश खेलकुद परिषद्मा नवनियुक्त भएका सदश्यहरुलाई सोही कार्यक्रममार्फत् सम्मान पनि गरेको थियो ।





