पोखरा/ नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले आफ्नो अध्यक्ष पद पद त्याग गरेका छन्। जेन–जी प्रदर्शनका क्रममा सरकारले व्यापक दमन गरेको भन्दै आफू विद्यार्थी नेता बनिरहन नैतिकताले नदिएको भन्दै उनले पद त्यागेको घोषणाा गरेका हुन् ।
‘हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन, विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरूले आज स्कूले पोशाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेन। तसर्थ, समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महसुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्षबाट राजीनामा दिएको छु। जनताको सेवामा निरन्तर लाग्ने छु। यतिबेला सरकारले जनताको भावनाविपरीत आन्दोलनलाइ दबाउन खोजिरहेको प्रज्ञाभूति भएको छ। यसको नतिजा भयाभह हुनेछ,’ उनले भनेका छन्।
उनी गत जेठमा अखिल अध्यक्षमा निर्वाचित भएका थिए। सोमबार नै अखिलका उपाध्यक्ष विकास श्रेष्ठले पनि राजीनामाको घोषणा गरेका थिए।




