बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अराजकता मच्चाउने २७ जना पक्राउ, ३३ लाखसहित केही हतियार बरामद

अराजकता मच्चाउने २७ जना पक्राउ, ३३ लाखसहित केही हतियार बरामद

देशका विभिन्न स्थानहरूमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट गर्ने, आगजनी गर्ने, जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक र उच्छृङ्खल गतिविधिमा संलग्न भएकाहरूलाई नियन्त्रणमा लिइएको सेनाले बताएको छ ।


  • संजय रेग्मी
  • भाद्र २५ २०८२, बुधबार

पर्वत/‘जेनजी’ समूहको प्रदर्शनको फाइदा उठाउँदै लुटपाट सहितका अराजक गतिविधि मच्चाउने २७ जनालाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन् ।

नेपाली सेनाले दिएको जानकारी अनुसार सेनाको नेतृत्वमा मङ्गलवार राती १० बजेदेखि सुरु भएको ‘अपरेसन’को क्रममा बुधवार बिहान १० बजेसम्म उनीहरू पक्राउ परेका हुन् । काठमाडौँ लगायत देशका विभिन्न स्थानहरूमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट गर्ने, आगजनी गर्ने, जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक र उच्छृङ्खल गतिविधिमा संलग्न भएकाहरूलाई नियन्त्रणमा लिइएको सेनाले बताएको छ ।

काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद भएको छ । काठमाडौँको विभिन्न स्थानहरूबाट २३ र पोखराबाट आठ नाल गरी विभिन्न किसिमका ३१ नाल हतियार तथा म्यागेजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको पनि नेपाली सेनाले जानकारी दिएको छ ।

सेनाका अनुसार नेपाल प्रहरीका २३ जना घाइते तथा तीन जना गैर सैनिक व्यक्तिहरूको सैनिक अस्पतालहरूमा उपचार गरिएको छ । यस्तै तीन वटा वारुण यन्त्रको प्रयोग गरेर आगजनी नियन्त्रणको प्रयास भइरहेको छ । सुरक्षा निकायहरूले नागरिकहरूलाई अफवाहबाट सचेत रहनुका साथै शान्ति र कानुनी मर्यादामा रहन अनुरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->