बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोउवा संघको अपिल : सुरक्षित बनौँ, सतर्कता अपनाऊँ

पोउवा संघको अपिल : सुरक्षित बनौँ, सतर्कता अपनाऊँ

अध्यक्ष गोकर्ण कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘परिस्थितिको गाम्भीर्यतालाई मनन गर्दै उच्च सतर्कता अपनाउन, आफ्नो व्यवसायको सुरक्षा प्रबन्धप्रति सचेत रहन उद्योगी/व्यवसायीहरुलाई अनुरोध पनि गर्दछौँ ।’


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०८२, शुक्रबार

पोखरा/पोखरा उद्योग वाणिज्य संघले पछिल्लो राजनीतिक घटनाक्रमले निम्त्याएको विषम परिस्थिति सक्दो छिटो अन्त्यको माग गरेको छ । संघले संक्रमणकाल जति लम्बिन्छ,त्यति नै बढी अराजकता फैलने सम्भावना रहने भएकाले विषम परिस्थितिलाई काबुमा राख्न संयम र धैर्यता अपनाउन सवैसँग आग्रह पनि गरेको छ

हामी सुरक्षा निकायसँग शान्ति–सुुरक्षा कायम गराउने अभियानमा अझ बढी सक्रियता देखाउन आग्रह गर्दछौँ भने सो अभियानलाई सघाउन हामी आम नागरिक र निजी क्षेत्रलाई आह्वान गर्दछौँ,’ अध्यक्ष गोकर्ण कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘परिस्थितिको गाम्भीर्यतालाई मनन गर्दै उच्च सतर्कता अपनाउन,आफ्नो व्यवसायको सुरक्षा प्रबन्धप्रति सचेत रहन उद्योगी÷व्यवसायीहरुलाई अनुरोध पनि गर्दछौँ ।’

संघले राष्ट्रपतिबाट जेनजी पुस्तालाई वार्ताको टेबुलमा बस्न आग्रह भएको प्रसंग उल्लेख गर्दे जेनजी पुस्तालाई वार्ताको टेबुलमा बस्न तथा संक्रमणलाई तत्काल टुंग्याउने गरी कदम चाल्न आग्रह पनि गरेको छ । विज्ञप्तिमा जेनजी पुस्ताले परिवर्तनका निम्ति देखाएको साहसको प्रशंसा गर्दै भनिएको छ, ‘तर,आन्दोलनको क्रममा देखिएका परिदृष्य, सार्वजनिक र निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड र लुटपाटका घटनाले भने हामीलाई दुःखी बनाएको छ । निजी क्षेत्र तथा व्यावसायिक प्रतिष्ठानमा आक्रमण हुनु व्यक्तिको सम्पत्तिमाथिको अधिकारको हननमात्र हैन, राज्यलाई कर तिर्ने समूहलाई निराश तुल्याउने तथा युवाहरुलाई रोजगारीको अवसरबाट बञ्चित गराइनु हो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->