बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखराका होटल क्षेत्रमा मात्र ३ अर्ब रुपैयाँ क्षति

पोखराका होटल क्षेत्रमा मात्र ३ अर्ब रुपैयाँ क्षति

पोखराको लेकसाइड क्षेत्रमा रहेका होटल सरोवर प्रालि, होटल एड्म, होटल पोखरा गुडविल प्रालि, वर पिपल रिसोर्ट प्रालि, बगैंचा रिसोर्ट एण्ड स्पा प्रालिलगायत अन्य प्रतिष्ठानहरुमा गरिएको आगजनीका कारण सो क्षति भएको जनाइएको हो ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८२, शनिबार

पोखरा/जेनजी आन्दोलनपछिका हिंसात्मक घटनाको क्रममा पोखराका होटल तथा रिसोर्ट लगायतका क्षेत्रमा भएको आक्रमणको क्रममा तीन अर्ब रुपैयाँ बढीको सम्पत्ती नोक्सानी भएको प्रारम्भिक आँकडा सार्वजनिक गरिएको छ ।

होटल संघ पोखरा नेपालका तर्फबाट अध्यक्ष लक्ष्मण सुवेदीबाट शुक्रबार जारी विज्ञप्तिमा पोखराको लेकसाइड क्षेत्रमा रहेका होटल सरोवर प्रालि, होटल एड्म, होटल पोखरा गुडविल प्रालि, वर पिपल रिसोर्ट प्रालि, बगैंचा रिसोर्ट एण्ड स्पा प्रालिलगायत अन्य प्रतिष्ठानहरुमा गरिएको आगजनीका कारण सो क्षति भएको जनाइएको हो । आन्दोलनबाट प्रतिष्ठानबाट सेवा लिँदै गरेका पर्यटकसमेत प्रभावित हुन पुगेको जनाइएको छ ।

विज्ञप्तिमा पर्यटकीय सिजन सुरु हुनै लाग्दा भएको यस प्रकारको दुःखद घटनाबाट पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पर्ने संघको ठहर छ । यसका कारण बैंक तथा वित्तीय संस्थामा रहेको कर्जा, ऋण तिर्न पनि व्यवसायीहरु असमर्थ हुने अवस्था आएको जनाउँदै संघले व्यावसायिक सुरक्षा कायम राख्न नेपाल सरकार सँग जोडदार माग गरिएको छ ।

आक्रमणका घटनाप्रति दुःख व्यक्त गर्दै संघले पीडित व्यवसायीप्रति सहानुभूति प्रकटसमेत गरेको छ । शान्तिपूर्ण भनिएको आन्दोलनको क्रममा जुनसुकै पक्षबाट भए पनि पर्यटकीय प्रतिष्ठानहरुमाथि गरिएको आगजनी र तोडफोडका घटना भत्र्सनायोग्य रहेको संघले जनाएको छ । आगजनी र तोडफोडका कारण अरबौंको क्षती हुनुका साथै हजारौं कामदार समेत प्रत्यक्ष प्रभावित भएकोमा संघले चिन्ता प्रकट गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकार पर्यटकीय प्रतिष्ठानमाथि भएका घटनाको निष्पक्ष छानविन गरी उचित क्षतिपूर्ति दिलाउन सरकारलगायत बीमा कम्पनी र सम्बन्धित सरोकारवाला पक्षसँग संघ हार्दिक अपिल गर्न चाहन्छ ।’

यसका लागि शक्तिशाली अधिकारप्राप्त न्यायिक समिति गठन र आक्रमणकारीको पहिचान गरी कारबाहीसहित उचित क्षतिपूर्ति दिलाई प्रभावित होटलहरूको मर्मत–संभार तथा पुनर्निर्माणका लागि सरकार, इन्स्योरेन्स, बैंक तथा वित्तीय संस्थाहरुसँग समन्वय गर्ने कार्यमा सदैव साथ र सहयोग रहने पनि संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->