बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मालपोत कास्कीको सेवा अनिश्चत

मालपोत कास्कीको सेवा अनिश्चत


  • ढाेरपाटन संवाददाता
  • भाद्र २९ २०८२, आइतबार

पोखरा/  जिल्ला मालपोत कार्यालय कास्कीको सेवा सूचारु हुने भन्ने अनिश्चित बनेको छ। उक्त कार्यालयले आज एक सूचना जारी गर्दै २४ भदौमा आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण मोठ / रजिष्ट्रेशनका मोठ, स्रेस्ताहरु, रोक्का तथा अन्य अभिलेखहरु पूर्ण रुपमा तथा मुद्धा/तामेली शाखामा क्षति भएको र कार्यालयको भौतिक तथा प्राविधिक रुपमा पुनः निर्माण नभएसम्म कार्य संचालन गर्न असमर्थ भएको हुँदा अर्को सूचना प्रकाशित नभएसम्म सबै सेवा बन्द रहने जनाएको छ।

सूचनामा भनिएको छ, आवश्यक मर्मत र तयारी सम्पन्न नभएसम्म सेवा पुनः सञ्चालन गर्न नसकिने भएकाले अर्को सूचना नआएसम्म सेवाग्राहीले सेवा पाउने छैनन्। निमित्त कार्यालय प्रमुख शोभाकर पोखरेलले सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमा माग्दै यस्तो सूचना प्रकाशित गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->