आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ जेलबाट देवकुमार नेपालीले भने : ‘प्रमाणहरु जलेपनि बचत रकम छिट्टै फिर्ता गर्छु’

बागलुङ जेलबाट देवकुमार नेपालीले भने : ‘प्रमाणहरु जलेपनि बचत रकम छिट्टै फिर्ता गर्छु’

उनले भनेका छन्- ‘कानुनको उच्च सम्मान गर्दै मिलापत्र गर्न बाँकी बचतकर्ताहरुलाई यसै सन्देशमार्फत छिटो मिलापत्र गरेर सबैलाई सहज वातावरण बनाउन पुनः आव्हान गर्दछु ।’


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०८२, मंगलबार

पोखरा/बागलुङ कारागारमा रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले मिलापत्र गर्न बाँकी रहेका ईमेज सहकारीका बचतकर्ताहरुलाई तत्कालै मिलापत्रमा आउँन अनुरोध गरेका छन् । सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका मेयर नेपालीले बचतकर्ताहरुलाई मुलुकको पछिल्लो घटनाक्रमबाट बिचलिन नहुन समेत आग्रह गरेका छन् ।

कारागारबाट आफ्ना दाइ ओमकुमार नेपाली मार्फत देवकुमारले मिलापत्र गर्न बाँकी बचतकर्ताहरुलाई आव्हान गरेका हुन् । बागलुङ बजार, गल्कोट र बुर्तिबाङका ९५ प्रतिशत बचतकर्ताले मिलापत्र गरिसकेका र केही बाँकी रहेका छन् । त्यस्तै पोखराका बचतकर्ताले धमाधम मिलापत्र गर्दागर्दै जेनजी आन्दोलनले प्रभावित पारेको छ ।

‘मुलुकमा विषम परिस्थिति उत्पन्न भएको हामी सबैलाई विदितै छ । अहिले मुलुकको मुख्य प्रशासनिक भवन सिंहदरबारदेखि प्रदेश राजधानी, जिल्लाका प्रशासन, अदातल लगायत महत्वपूर्ण कागजात जेनजी आन्दोलनकर्मीले जलाएका छन् । यस दुःखद क्षणमा तपाईं हाम्रो मेलमिलाप झन् आवश्यक बन्दै गएको छ’, देवकुमारले दाइ ओमकुमारमार्फत पठाएको सन्देशमा भनेका छन् ।

खासगरी पोखराका ईमेज बचतकर्ताहरु मिलापत्र गरिरहेको बेला कास्कीको अदालत जलेका कारण प्रमाणहरु नस्ट भएकोप्रति आफ्नो चासो भएको देवकुमारले बतएका छन् । उनले भनेका छन्- ‘खास गरी कास्की अदालतमा पेशी हुँदा दिएका बयान, प्रमाणहरु नस्ट भयो भनेर कोही कसै बचतकर्ताहरु नआत्तिनु होला । तपाईंहरुले राखेको बचत रकमको प्रमाण तपाईं–हामीसँगै छ । म अहिलेसम्म भएका मेलमिलाप कतै खेर जान दिन्नँ । प्रमाण, कागजपत्रहरु नस्ट भए पनि पहिले मैले गरेको प्रतिबद्धतालाई पुनः दोहो¥याउन चाहान्छु । कानुनको उच्च सम्मान गर्दै मिलापत्र गर्न बाँकी बचतकर्ताहरुलाई यसै सन्देशमार्फत छिटो मिलापत्र गरेर सबैलाई सहज वातावरण बनाउन पुनः आव्हान गर्दछु ।’

परिस्थितिले आफू कारागारभित्र रहे पनि मुलुकको दुरअवस्था, थोपा–थोपा रकम जम्मा गरेर खातामा राख्ने बचतकर्ता, आफूलाई दुई–दुई पटक मेयर पदमा विजयी गराउने ढोरपाटनवासीप्रति सधैं ऋणि रहेको उनले बताएका छन् ।

‘काम गर्ने सिलसिलामा कतिपय परिस्थितिजन्य कारण म कारागारभित्र रहे पनि मुलुकको विषमताप्रति जानकार छु । जसले मलाई अत्यन्तै मर्माहत बनाएको छ । यतिबेला ईमेज सहकारीलाई विश्वास गरी थोपा–थोपा रकम जम्मा गर्ने हजारौं ती बचतकर्ताहरुको सबै भन्दा बढि धन्यवाद दिन चाहान्छु । तपाईंहरुले मिलापत्र गर्दै जानु भएको छ । म छिट्टै खुला आकाशमा तपाईंहरुसँगै रहेर काम गर्न आतुर छु’, उनले भनेका छन्– ‘त्यससँगै मेरा प्यारा ढोरपाटनवासी बुवा, आमा, दाजुभाइ, दिदीबहिनीहरुको सधैं साथ रहेकाले त्यो आमूल्य ऋण तिर्न छिट्टै आउने छु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->