सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

पोउवा संघको मौन शान्ति र्‍याली

पोउवा संघको मौन शान्ति र्‍याली


  • ढोरपाटन संवाददाता
  • असोज १ २०८२, बुधबार

पोखरा/पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति र्‍यालीको आयोजना गरेको छ ।

संघका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्व तथा संघसँग आवद्ध विभिन् बस्तुगत संघ/संस्थाका अध्यक्ष एवं प्रतिनिधि, उद्योी/व्यवसायीहरुको मौन शान्ति र्‍याली बिहान संघको सचिवालय गैह्रापाटनबाट सुरु भएको थियो । मुखमा सेतो पट्टी बाँधेर निस्केको व्यवसायीहरुको र्‍यालीले पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड हुँदै पृथ्वीचोकमा गएर समापन भएको थियो ।

र्‍याली जेनजी आन्दोलनको क्रममा दिवंगत भएका आत्माको चीरशान्तिको कामना, देशमा भएको अशान्तिको समूल नष्ट एवं व्यावसायिक वातावरण निर्माणका निम्ति भएको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->