बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शहिदहरुप्रति समर्पित

शहिदहरुप्रति समर्पित


  • लालबहादुर नेपाली
  • असोज ४ २०८२, शनिबार

दशैँ नजिक आउदै गर्दा दशै धारा आँसु ।
मनमा छैन सुख शान्ति म कसरी हाँसु ।।

परिवारको आड भरोसा भनि दिएको हो माया ।
देशको लागी बनाई दियौ जीवन दर्पण छायाँ ।

रगतको होली खेल्ने कस्ता पापी शासक ।
मन भरि कथा व्याथा पशुपतिमा बाकस ।।

साँचो शासन गरि रहुन अब आउने शासक ।
अति भयो देशले धेरै खप्दैन् है अव सर्वनासक ।।

आज जेनजी शहिद बने भोली बन्छन् अल्फा ।
दशकै पछि हुने भयो सम्पतिको मलवा ।।

सुशासनको शासन गर्ने दिने गर्छन यहाँ बोली ।
तर नागरिकलाई दवाउन रगतको होली ।।

धेरै भए हत्या हिंसा गणतन्त्रको दशक ।
तानाशाही शासकहरु भाको देख्यौ नाशक ।।

अब केहि हुन्छ भने जेनजीहरुको जलवा ।
नत्र फेरी कुर्नै पर्छ भावी पुस्ता अल्फा ।।

लखनदेखि जेनजीसम्म शान हाम्रो देश ।
शासकहरु बन् सत्मार्गी नबल्देउ भेष ।।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->