सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

११६ अंकले बढ्यो नेप्से

११६ अंकले बढ्यो नेप्से


  • ढाेरपाटन संवाददाता
  • असोज ५ २०८२, आइतबार

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार ११६‍.०१ अंकले बढेर २ हजार ६ सय २७.९३ बिन्दुमा उक्लेको छ । गत बिहीबार हालसम्मकै उच्च १६० अंक घटेको नेप्सेले आइतबार फेरि वृद्धिको बाटो समातेको हो । आइतबारको वृद्धि अघिल्लो दिनको तुलनामा ४.६१ प्रतिशतले बढी हो ।

सो दिन कारोबारमा आएकामध्ये २२४ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको घटेको छ । १ लाख ८ हजार ९ सय ८ पटकको कारोबारमा २ करोड ३२ हजार २ सय २४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ९ अर्ब १७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोष र निर्जीवन बिमाबाहेक सबैको परिसूचक बढेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->