बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ली–बर्डको ३१ औं वार्षिक साधारण सभा

ली–बर्डको ३१ औं वार्षिक साधारण सभा


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०८२, आइतबार

पोखरा/ जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) को ३१ औं वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।

उक्त अवसरमा संस्थाका कार्यकारी निर्देशक भरत भण्डारीले संस्थागत अवस्था, उल्लेखनीय पहल र उपलब्धीहरूबारे जानकारी दिएका थिए । साथै, गैरसरकारी क्षेत्रहरुलाई वर्तमान अवस्थामा आन्तरीक तथा वाह्य कार्य वातावरणमा भएका विभिन्न चुनौतीबारे जानकारी दिदै नीतिगत पैरवी जरुरी रहेको जसमा गैरसरकारी संस्था महासंघको भूमिका अत्यावश्यक रहेको उनको भनाई थियो ।

सोही सभामा सामाजिक लेखा परिक्षणको प्रतिवेदनको प्रस्तुती गरिएको थियो । कार्यक्रममा सामाजीक लेखा परिक्षक प्रसीद्ध नेउपानेले सिन्धुली, सिन्धुपाल्चोक र कास्कीमा ली–बर्डद्वारा संचालित कार्यक्रममा फिल्ड अन्तक्रियाको आधारमा प्राप्त नतिजा समेतको समग्र सामाजीक परिक्षणको प्रस्तुतीकरण गरे । सामाजीक लेखा परिक्षणको सवालमा आएका जिज्ञासाहरु कार्यकारी निर्देशक भरत भण्डारी तथा कार्यकारीणी वोर्डका अध्यक्ष डा. प्रतापकुमार श्रेष्ठले सम्वोधन गरेका थिए । कोषाध्यक्ष रामकली खड्काले संस्थाको आ.व. २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेकोमा सभाले पारित गरेको थियो ।

बोर्डका सचिब बेनीबहादुर बस्नेतले कार्यकारिणी बोर्डको वार्षिक प्रगती तथा आगामी कार्ययोजनाको प्रस्तुती गरेका थिए । त्यसलाई पनि सभाले अनुमोदन गरेको थियो ।
संस्थाले संस्थागत कोषको वृद्धिको लागि थालेका पहल जस्तै भुवन रत्न स्थापितको स्मृतिमा स्थापना गरिएको कृषि जैविक विविधता कोष, स्थानिय अन्वेषण कोषको बारेमा अध्यक्ष श्रेष्ठले जानकारी गराएका थिए ।

साथै वदलिँदो परिवेशमा ली(बर्ड परम्परागत दातृ निकायमा मात्र सिमीत नभई संस्थाले आफ्‌नो पहिचानसंग सम्बन्धीत सहभागीतामलक अनसन्धान कार्यक्रम तथा संस्थाको निरन्तरता र बिकाशको लागि नयाँ तरिकाले कोष जुटाउनमा सम्पूर्ण सदस्यको साथ र सहयोग आवश्यक भएको जानाकारी गराउनका साथै सहयोग र सहभागीताको लागी उनले आह्वान गरे । श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारिणी बोर्डका कोषाध्यक्ष रामकली खड्‌काले स्वागत मन्तव्य राखेकी थिइन् ।

सभामा यस वर्ष सदस्यता प्राप्त गर्ने नयाँ सदस्यहरुको सदस्यहरुको परिचय समेत गराइएको थियो । कार्यकारिणी बोर्डका अध्यक्ष श्रेष्ठले सबै सहभागी सदस्य, कर्मचारी साथै संस्थाका साझेदार, दातृ निकायलाई धन्यवाद दिँदै सभा समापन गरेका थिए । सचिव बस्नेतले कार्यत्रमको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->