बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

यामाहाको चाडपर्व लक्षित ब्लु फेष्ट सुरु

यामाहाको चाडपर्व लक्षित ब्लु फेष्ट सुरु


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०८२, सोमबार

पोखरा/पोखरामा यामाहाको चाडपर्व लक्षित ब्लु फेष्ट सुरु भएको छ । यामाहाको पोखराका लागि आधिकारिक डिलर भीएडब्लु इन्टरप्राइजेज प्रालिले अमरसिंह मावि अघिको चौरमा मेघा एक्सचेन्जसहितको फेष्ट सुरु गरेको हो ।

नेपालीको महान चाँडपर्वहरु बडादशैं, तिहार, नेपाल र छठ केन्द्रीत गर्दै असोज १३ गतेसम्म सञ्चालन गरिने फेष्टमा ग्राहकले कुनै पनि पुरानो बाइक तथा स्कुटर साटफेर गरेर नयाँ बाइक खरिद गर्न सक्ने छन् ।

फेष्टमा यामाहाका कुनै पनि पुराना दुई पांग्रे सवारीको न्युनतम मुल्य ५० हजार निर्धारण गरिएको छ । यामाहाका ग्राहकको चाहना र मागलाई मध्यनजर गरेर एक्सचेञ्ज अफर गरिएको भीएडब्लु इन्टरप्राइजेज प्रालिका महाप्रबन्धक सरोज श्रेष्ठले जानकारी दिए । एक्सचेञ्ज अफरमा ग्राहकले हरेक नया बाइक खरिदमा न्यूनतम ६ हजारदेखिमाथि १० लाखसम्म लक्की ड्रमार्फत् उपहार जित्न सक्ने उनले बताए । उनका अनुसार ग्राहकले बाइक खरिद गर्नुअघि डिजिटल कुपनमार्फत् एक लाखसम्म नगद उपहार जित्न सक्नेछन् भने बाइक खरिद पछि डिजिटल कुपनमार्फत् नै १० लाखसम्म नगद जित्न सक्नेछन् । त्यस्तै, सोही कुपनबाट विक्ली ड्रमार्फत् साप्ताहिक रुपमा यामाहाको बाइक जित्न सकिने पनि उनले जानकारी दिए ।

‘यामाहाकै भयो भने न्यूनतम ५० हजार भ्यालुएसन हुन्छ । अन्य कम्पनीको भयो भने न्यूनतम २५ हजारदेखि माथि भ्यालुएसन हुन्छ,’ उनले भने, ‘यो मेघा एक्सचेन्ज अफर सीमित अवधिका लागिमात्रै हो ।’ उनका अनुसार ब्लु फेष्टमा पुरानो बाइकको मूल्याङ्कनमा थप १० हजारसम्म अतिरिक्त मूल्याङ्कन ग्राहकहरुले प्राप्त गर्नेछन् । साथै, हेलमेट, लेग गार्ड, फुट म्याट, बाइक कभर र ब्याग जस्ता सामानहरू ग्राहकलाई निःशुल्क प्रदान गरिने उनले जानकारी दिए ।

यामाहाका स्वरुम इञ्चार्ज सन्दीप अधिकारीले ब्लु फेष्टको अवसरमा यामाहाको खरिदकर्तालाई फ्लेक्जिबल फाइनान्सको सुविधा प्रदान गरिएको बताए । उनका अनुसार पचास प्रतिशत डाउन पेमेन्टमा ७.९९ प्रतिशत ब्याजमा फाइनान्सको सुविधा दिनुका साथै अन्य अवस्थामा ३० प्रतिशत डाउन पेमेन्टमै पनि फाईनान्स गरेर बाईक÷स्कुटर बिक्री भइरहेको छ । उनले जेनजी आन्दोलनपछि यातायात कार्यालय नखुल्दा बाइक नामसारीमा समस्या हुन्छ कि भन्ने पनि नसोंच्न आग्रह गरे । उनका अनुसार तत्काल नामसारी कागजका आधारमा पास गरिने र फाईनान्स पनि त्यसैका आधारमा हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->