सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

पर्वतमा पहिरोले छ घर भत्किए, १० घर उच्च जोखिममा

पर्वतमा पहिरोले छ घर भत्किए, १० घर उच्च जोखिममा


  • ढाेरपाटन संवाददाता
  • असोज ६ २०८२, सोमबार

पर्वत/ जिल्लाको पर्वतको फलेवास नगरपालिका–८, ठानामौला खाल्टेमा गत शनिबार रातिको भीषण वर्षाका कारण गएको पहिरोले ६ वटा घर पूर्ण रूपमा भत्काएको छ । अन्य १० घर उच्च जोखिममा छन्।

वडाध्यक्ष मनबहादुर कुँवरका अनुसार पहिरोले मीनबहादुर नेपाली, नन्दकुमारी भण्डारी, डिलबहादुर गुरुङ, अस्मिता सार्की, लक्ष्मी परियार र अर्को एक रित्तो घर तथा गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। पहिरो जानुअघि नै स्थानीयहरू सुरक्षित स्थानमा सरेकाले कुनै पनि मानवीय वा पशुचौपायाको क्षति भने भएको छैन। जमिनमा चिरा परेपछि उनीहरूले सावधानी अपनाएका थिए।

विस्थापित परिवारलाई नजिकैको जनज्योति माध्यमिक विद्यालयको खेल मैदानमा टेन्ट टाँगेर राखिएको जिल्ला प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समिति, फलेवास नगरपालिकाका नगरप्रमुख गङ्गाधर तिवारी र उपप्रमुख शोभा क्षेत्रीसहितको टोलीले घटनास्थलको निरीक्षण गरेको छ। नगरप्रमुख तिवारीका अनुसार विस्थापित परिवारलाई अस्थायी बसोबासका लागि पाँचवटा टेन्ट उपलब्ध गराइएको छ।

विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्न र आवास निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पहल गरिने तिवारीले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->