
पोखरा/पोखरा–२६ कालिका चोकमा रहेको मार्गदर्शन कृषि सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सोमबार पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष दीपकराज बास्तोलाले सदस्यहरुले इमान्दारितापूर्वक आफ्नो भूमिका निभाए सहकारीमा विकृति नआउने बताए ।
सहकारीका अध्यक्ष बालकृष्ण त्रिपाठीको अध्यक्षता सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलि अधिकारी क्षत्र महिला बचत तथा ऋण सहकारि अध्यक्ष मिना श्रेष्ठ, सिलिङ्गे कृषि उत्पादक सहकारि अध्यक्ष ठाकुरप्रसाद रानाभाट, जनप्रिय सहकारीका सस्थाका अध्यक्ष रबिन्द्र मोहन अधिकारी, जल्धारे बचत तथा ऋण सहकारि का अध्यक्ष विष्णुप्रसाद बराल, संस्थाका सल्लाहकार नारायण बजगाईं लगाएतले सहकारीको प्रगति र चुनौतीबारे विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू आशिष तिमिल्सिना, रियाज बजगाईं, अनुप अधिकारी र मनिषु तिवारीलाई सम्मानित गरिएको थियो ।
त्यस्तै उत्कृष्ट बचतकर्तातर्फ ऋखुमाया कुँइकेल, महेश गौतम, कमलादेवी सुवेदी, तथा उत्कृष्ट कर्मचारीतर्फ रिता सुवेदीलगायतलाई सम्मान गरिएको सचिव विश्वज्योति सुवेदीले बताए ।
उपाध्यक्ष हरिकृष्ण बजगाईंका अनुसार सहकारीमा हाल ३८८ शेयर सदस्य रहेका छन् ।





