पोखरा/पोखरा महानगर पालिका वडा नं ६मा स्थित हाम्रो सामुदायिक बचत तथा ऋण सहकारीको संस्थाको २९ करोड ३७ लाख ८६ हजार ६ सय २७ रुपैया लगानीमा रहेको छ । यो लगानी गत असार महिनामा कायम भएको हो । सहकारीले गत आवकोभन्दा ३ करोड ६६ लाख ३५ हजार ६ सय ३५ रुपैया थप भइ बढी लगानी गरेको हो ।
सहकारीको शनिबार भएको १५ औ साधारण सभामा संस्थाका अध्यक्ष लक्ष्मी नारायण श्रेष्ठले सहकारीको आर्थिक बर्ष २०८१÷०८२ वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त कुरा बताए हुन् । सहकारीले सो आर्थिक वर्षमा ४७ लाख ५२ हजार १ नाफा कमाउन सफल भएको उनले जाननकारी दिए ।
प्रमुख अतिथि एवं शेयर सदस्य पोखरा महानगर पालिका वडा नं– ६ वडा अध्यक्ष विष्णुबहादुर भट्टराइले सबै शेयर सदस्यले आफ्नै सहकारीका बचत तथा ऋण लिएर कारोबार गर्नुपर्ने धारणा राखे ।
महानगर सहकारी समितिका संस्थापक अध्यक्ष तथा कार्यसमिति सदस्य तेजनारायण अधिकारीले संस्थाका गतिविधिमा शेयर सदस्यहरुले चनाखो हुनुपर्ने बताए ।
सल्लाहकार पम्फा देवकोटा पहारीले संस्थाले बचतकर्ताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा सुझाब दिए्की थिइन् । कार्यक्रममा शेयर सदस्य जगनाथ पौडेल, खहरे आमा समूहकी अध्यक्ष अन्जना पहारी,सचिव चिरञ्जीवी पोखरेल, कोषाध्यक्ष रामप्रसाद ढकाल, उपाध्यक्ष भरतबहादुर पौडेल, कार्यसमितिका सदस्य सुनिता बराल सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन् ।
कार्यक्रममा माध्यमिक तहतर्फ उत्कृष्ट विद्याथीहरु छात्र तर्फ सौरभ सुवेदी र छात्रातर्फ आयुषा घिमिरे र उच्च माध्यमिक तहतर्फ उत्कृष्ट विद्यार्थी छात्र सुसान्त बराल र छात्रातर्फ रचना श्रेष्ठलाई समान गरिएको सहकारीका प्रधान व्यवस्थापक डम्मरुराज बरालेले जानकारी दिए । उत्कृष्ट कारोबार गर्ने कमल थापा र नमराज नेपालीलाइसमेत कार्यक्रममा सम्मान गरिएको थियो ।





