आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पुननिर्माणका लागि सरकारलाई सृष्टी फर्निचरको साथ

पुननिर्माणका लागि सरकारलाई सृष्टी फर्निचरको साथ


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०८२, मंगलबार

तस्बिर : सुवास आचार्य
बागलुङ/जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त सरकारी संरचना पुननिर्माणमा सघाउन बागलुङका एक व्यवसायीले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका छन् । सृष्टी फर्निचार उद्योगका सञ्चालक ऋषिराम गौतमले आफ्नो व्यवसायको १५ औं वार्षिकोत्सवको अवसर पारेर जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई उक्त रकम प्रदान गरेका हुन् ।

पुननिर्माणमा राज्यलाई सघाउन सामाजिक उत्तरदायित्वअन्र्तगत व्यवसायी गौतमले प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । सो अवसरमा बोल्दै प्रजिअ गुरुङले नेपाल सरकारको पुननिर्माण गर्ने खातामा रकम जम्मा गर्ने बताएका थिए ।

‘देश संकटमा परेको बेला हरेक नागरिकले आफ्नो दायित्व पुरा गर्दा पुननिर्माणको काम छिटो हुन्छ’ गौतमले भने । गौतमले व्यवसायको १५ औं वार्षिकोत्सवको अवसरमा ५ करोडको लगानीमा फर्निचर उद्योगको नयाँ स्वरुम समेत संचालनमा ल्याएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->