बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सराङकोट सहकारीमा बानियाँ

सराङकोट सहकारीमा बानियाँ


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०८२, बुधबार

पोखरा/सराङकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औ वार्षिक साधारण सभा एवं सातौँ अधिवेशनले शिवबहादुर बानियाँको अध्यक्षतामा निर्विरोध कार्य समिति चयन गरेको छ । सो समितिको उपाध्यक्षमा राममणि पौडेल,सचिव जयराम पौडेल,कोषाध्यक्ष शिवबहादुर थापा, सञ्चालक सदस्यहरुमा छविलाल तिमिल्सिना,आरती श्रेष्ठ, रिता क्षेत्री, ध्रुवकुमार सेन्चुरी, पुष्पा महर्जन रहेका छन् ।

लेखा समितति संयोजकमा कुलप्रसाद सुवेदी , सदस्यहरुमा मायकुमारी शर्मा र तारादेवी थापा रहेका छन् । सो साधारण सभाको शुभारम्भ गर्दै संस्थाका जेष्ठ सदस्य अधिवक्ता डा. कृष्ण गोपाल पराजुलीले सहकारी संस्थामा सदस्यहरुको सहभागिता महत्वपूर्ण रहने बताए । सञ्चालक समितीको तर्फबाट प्रतिवेदन राख्दै संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले संस्थामा ६३९ शेयर सदस्यहरु मार्फत यो वर्ष १ अर्व ८९ करोडको बचत संकलन गरी बचत फिर्ता १ अर्व ७८ करोड, लगानी ४६ करोड सहित ५६ करोड २४ लाखको वासलात रहेको बताए ।

कार्यक्रममा शेयर सदस्य अधिवक्ता गोविन्द पौडेल, शेयर सदस्यहरुमध्ये बचत, कारोबार, नियमित कर्जा, प्रोत्साहनसहित संस्थामा उत्कृष्ट कर्मचारी सम्मान पवन श्रेष्ट, सदस्यमध्ये जेष्ठ सदस्य सनकमान बाटाजु र शेयर सदस्यका छोराछोरीलाई शैक्षिक सम्मान गरीएको थियो ।

संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमा उपाध्यक्ष बसन्त बहादुर बानियाँ,सचिव कुल प्रसाद सुवेदी, कोषाध्यक्ष राममणी पौडेल, लेखा संयोजक शिव बहादुर बानियाँ ,व्यवस्थापक सुरेन्द्र थापाबाट राखिएको प्रतिवेदन, रणनीतिक योजना, प्रस्तावित कार्यक्रमलाई पारित गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->