बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पबित्र बचत तथा ऋण सहकारीको अध्यक्षमा रानाभाट

पबित्र बचत तथा ऋण सहकारीको अध्यक्षमा रानाभाट


  • ढाेरपाटन संवाददाता
  • असोज ८ २०८२, बुधबार

पोखरा/ पोखरा ९ कुन्तीमलमा रहेको पबित्र बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा तथा ५ औं अधिवेशनले ४ वर्षको लागि गुप्तबहादुर रानाभाटको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा चन्द्रु रानाभाट, सचिवमा एकेन्द्र वन्जरा, कोषाध्यक्षमा महादेव रानाभाट र सदस्यहरुमा संजयकुमार रानभाट, महेन्द्र रानाभाट, गोमा रानाभाट, लेखनाथ रानाभाट, जयन्ती कार्की रानाभाट सर्वसम्मत निर्वाचित भएको निर्वाचन उपसमिति सदस्य अभिवक्ता मीना रानाभाटले वताईन । यसैगरी लेखा समितिको संयोजकमा यमबहादुर रानाभाट र सदस्यहरुमा नरेशकुमार वञ्जरा र रेवती अधिकारी भाट सर्वसम्मत निर्वाचित भए । निर्वाचन गर्नको लागि खड्गबहादुर रानाभाटको संयोजकत्वमा मीना रानाभाट र श्री बहादुर रानाभाट सदस्य रहेको ३ सदस्यीय निर्वाचन उपसमिति गठन गरिएको थियो ।

सभाको रानाभाट/भाट समाज नेपालका पुर्व केन्द्रिय अध्यक्ष खड्गबहादुर रानाभाटले उद्घाटन गर्दै देशको परिस्थिति अनुसार आर्थिक संस्थाहरु पनि पारदर्शि हुनु पर्ने वताएका थिए । त्यसै गरी सल्लाहकारहरु देवेन्द्र रानाभाट र चन्द्रबहादुर रानाभाट, पुर्व अध्यक्ष अभिवक्ता मीना रानाभाट, लक्ष्मी सनराईज बैंकका शाखा प्रबन्धक सुर्यबहादुर रानाभाट शुभकामना मन्तव्य दिएका थिए ।

शेयर सदस्यको तर्फबाट पुर्व सचिव श्रीधर रानाभाटले ४८ जना बाट सुरु भएको संस्थाका शेयर सदस्य १३ सय पुगेको वताउँदै अगामि दिनहरुमा पनि अझै मितव्ययी कार्यक्रम गर्न सुझाव दिएका थिए । सो अवसरमा असल कारोबारकर्ता सम्मानबाट पोखरा १३ काहुँखोलाकी सीतादेवी रानाभाट र पोखरा २६ कन्धनीडाँडाका प्रेमबहादुर रानाभाट, जेष्ठ शेयर सदस्य सम्मानबाट ८० वर्ष उमेर माथिका वोधराज रानाभाट, बलबहादुर रानाभाट, जशोदा रानाभाट, ज्ञानबहादुर रानाभाट, केशरबहादुर रानभाट, सुकदेव रानाभाट, लोकबहादुर रानभाट, कृष्णबहादुर देवकोटा क्षेत्री, यमलाल राईभाट, भद्रकाली रानाभाटलाई नगद, दोसल्ला, अविर र सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष बुद्धि बहादुर रानाभाटले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामि दिनमा संस्थाले अवलम्बन गर्नुपर्ने निति निर्माण गर्ने लगाएतका प्रस्ताव राखेका थिए । कोषाध्यक्ष एकेन्द्र वञ्जराले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक क्या. हुमबहादुर रानाभाटले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष बुद्धिबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गुप्तबहादुर रानाभाट र संचालन सचिव चन्द्रु रानाभाटले गरेकी थिईन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->