बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

शहीदचोकमा प्रहरीको पेट्रोल पम्प

शहीदचोकमा प्रहरीको पेट्रोल पम्प


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०८२, बिहिबार

पोखरा/पोखराको शहीदचोकमा ‘नेपाल प्रहरी नमूना पेट्रोलपम्म’ सञ्चालनमा आएको छ । पोखरा ७ पार्दीस्थित जिल्ला प्रशासन कार्यालयसंगै जोडिएको नेपाल प्रहरीको प्रदेश प्रहरी कार्यालय हातामा पेट्रोलपम्प सञ्चालनमा ल्याइएको हो । नेपाल प्रहरीले सञ्चालनमा ल्याएको पम्पबाट अब नियमित रुपमा सवारी ईन्धन (डिजल र पेट्रोल) को बिक्रि बितरण हुनेछ ।

नेपाल प्रहरीको ‘कल्याण महाशाखा’ ले ९ करोड ९६ लाख ६५ हजार ७२९ रूपैयाँमा पेट्रोल पम्प बनाउन काभ्रेको ‘एनसी अल्फा–हेक्स तेजस्वी जेभी’ कम्पनीलाई ठेक्का दिएको थियो । तर स्थानीयले भने यो पेट्रोल पम्पको विरोध गर्दै आइरहेपनि प्रहरीले नव निर्मित पम्प सञ्चालनमा ल्याएको हो ।

प्रहरीले पेट्रोल पम्प बनाउँदा तीनवटा विषयमा विरोध भएको थियो । पहिलो कानुनी प्रक्रिया पुरा नगरी पेट्रोल पम्प निर्माण, दोस्रो संवेदनशील ठाउँ र तेस्रो पेट्रोल पम्प बनाउँदा जग्गा प्राप्तिसम्बन्धी कानुन मिचेको भन्दै यस अघि विरोध भएको थियो । उक्त स्थानमा प्रहरी कार्यालयको पुरानो भवन थियो जसलाई भत्काएर पेट्रोलपम्म बनाइएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->