सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

रोकिएको हट बेलुन आजबाट सुरु हुँदै

रोकिएको हट बेलुन आजबाट सुरु हुँदै

पामेबाट सुरु भएर इन्द्रपुर लेकसम्मको करिब ४ किलोमिटर दूरीमा आधा घण्टादेखि ४० मिनेटसम्म उडान हुने भएको छ ।


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०८२, बिहिबार

पोखरा/पोखरामा साहसिक खेल हट एयर बेलुन आजबाट सुरु हुँदैछ । बर्षाको मौसममा केही समय स्थगित भएको हट एयर बेलुन पर्यटनको सिजन सुरु भएसंगै आजदेखि सुरु गर्ने बलुन नेपालका अध्यक्ष विक्रम बाडेले बताए ।

स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि अग्रिम बुकिङ खुला गरिएको उनले जनाए । उक्त उडान बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा हुनेछ । पामेबाट सुरु भएर इन्द्रपुर लेकसम्मको करिब ४ किलोमिटर दूरीमा आधा घण्टादेखि ४० मिनेटसम्म उडान हुने भएको छ ।

करिब ९ हजार फिट उचाइमा उड्ने बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्ण सहितका हिमशृङ्खलाको मनोरम दृश्य संगैै फेवाताल, पोखराको बजार, पुम्दिकोट बिशाल महादेवको मुर्ति, विश्व शान्ति स्तुपः, बुद्ध पार्क, सराङकोट, हरियो वन जंगल लगायतका ३६० डिग्री मनोरम दृश्य नजिकैबाट अवलोकन गर्न सकिन्छ ।

नेपालीका लागि प्रतिव्यक्ति ११ हजार, सार्क मुलुक र चिनियाँ पर्यटकका लागि १२० अमेरिकी डलर र अन्य देशका लागि भने १५० अमेरिकी डलर शुल्क लिने बलुन नेपालले जनाएको छ । यस प्याकेजमा पोखराको लेकसाइडबाट पिकअप, ड्रप, उडान, फोटो र भिडियो सेवा सहितको सुविधा उपलब्ध हुने भएको छ । ३ वटा बेलुन रहेको उक्त कम्पनीमा अनुभवी दुई जना विदेशी बेलुन पाइलटहरु रहेका छन् ।

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको लेकसाइडमा रहेको बलुन नेपालको कार्यालयमा तोडफोड तथा चोरी हुँदा करिब ३० लाख मुल्य बराबरको क्षति भएको अध्यक्ष बाडेको भनाइ छ ।

गण्डकी प्रदेशका सांसद देवका पहारीको घर भाडामा लिएर संञ्चालन गरिएको कार्यालयमा आन्दोलनकारीले तोडफोड सहित चोरी गरेको उनले सुनाए । यसअघि पोखरामा भएको नेपालकै पहिलो अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभलले नेपाललाई विश्व पर्यटन नक्सामा फरक पहिचान दिलाएको थियो, जसको कभरेज सीएनएन, बीबीसीदेखि वल्र्ड स्ट्रिट जर्नीजस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->