शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आहा गोल्डकपबाट २४ लाख बचत

आहा गोल्डकपबाट २४ लाख बचत

प्रतियोगिता संचालन गर्दा एक करोड १५ लाख ४५ हजार ६ सय ५८ रुपैयाँ खर्च तथा २४ लाख २२ हजार ७६ रुपैयाँ बचत


  • ढोरपाटन संवाददाता
  • असोज १० २०८२, शुक्रबार

फाइल तस्बिर
पोखरा/२४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपबाट २४ लाख आम्दानी भएको छ । सहारा क्लब पोखराको आयोजनामा हुँदै आइरहेको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट सो रकम बचत भएको बुधबार एक विज्ञप्ति जारी गर्दै क्लबले जानकारी गराएको छ ।

गत माघ २२ गते देखी फागुन ३ गते सम्म २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८१ पोखरा रंगशालामा सम्पन्न भएको थियो । १२ टिमको सहभागिता रहेको प्रतियोगिताले एक करोड ३९ लाख ६७ हजार सात सय ३४ रुपैयाँ आम्दानी गरेको क्लबका सदस्य सचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतियोगिता संचालन गर्दा एक करोड १५ लाख ४५ हजार ६ सय ५८ रुपैयाँ खर्च तथा २४ लाख २२ हजार ७६ रुपैयाँ बचत भएको हो ।

२४ औं संस्करणको उपाधि उज्वेकिस्तानी टोली ब्ल्याक बुल्स फुटबल क्लबले जितेको थियो । ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित ब्ल्याक बुल्सले उपाधिसहित १२ लाख १ हजार रुपैयाँ हासिल गरेको थियो । उपविेता बनेको पुलिसले ६ लाख १ हजार रुपैँया प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->